Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पूर्वमन्त्रीको गाडी त्रिसुलीमा खस्यो, कसरी भयो दुर्घटना ?

\"madhab-750\"चितवन, १० असोज । पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा९च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको छ । घिमिरेसहित सातजना सवार गाडी पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ । पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र पूकाश त्रिशुलीमा बेपत्ता भएका छन् । गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन् । खिलराज रेग्मी मन्त्रिपरिषदमा गृह तथा परराष्ट्रमन्त्री रहेका घिमिरे त्यसअघि मुख्यसचिव थिए । कसरी भयो दुर्घटना ? पृथ्वी राजमार्गस्थित पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखैअगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो । गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको आजको अन्नपूर्ण पोष्टमा खबर छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् । ‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो । मलाई चालकको सिट खाली गर्न भन्नुभयो । तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु । त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना ! कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending