Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

संविधान संशोधनमा कांग्रेसभित्रै विमति

\"sambidhan-samsodhan-750\"काठमाडौं, १० असोज । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारूढ कांग्रेसभित्रै विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएको आजको राजधानी दैनिकमा खबर छ । पौडेल पक्षले आइतबार आफू पक्षधरको बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको छ । पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरेको छ । पौडेल पक्षधर नेताहरूले आइतबार अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् । उनीहरूले पार्टीमा छलफल नै नभएका कारण आफूहरू नै दुविधामा परेको र संस्थागत धारणा राख्नै नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् । ‘कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो ? पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्ने आशंका छ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्वीकार्य हुन्न,’ बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने । संविधान संशोधनको विषयमा छलफल गर्न र यसबारे पार्टीको आधिकारिक धारणा बनाउन तत्काल केन्द्रीय समितिको बैठक बोलाउनसमेत उनीहरूले सभापति देउवासँग माग गरेका छन् । ‘संविधान संशोधनबारे पार्टीमा सामान्य छलफलसमेत भएको छैन, पार्टी लाइन विपरीत संशोधन गर्ने हल्ला चलेको छ, यसबारे हामीले के भन्ने रु हचुवाको भरमा भन्नुपर्ने स्थिति आएको छ,’ बैठकको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘त्यसैले, संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ ।’ अंगीकृतलाई पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मुख्यमन्त्री बन्ने अधिकार दिने, हिन्दी र अंग्रेजी भाषा पनि सरकारी कामकाजी भाषा बनाउने, टीकापुर घटनाको दोषीलाई उन्मुक्ति दिनेलगायतका विषयमा आफूहरू सहमत नहुने निष्कर्ष पनि बैठकले निकालेको छ । यी सबै विषयमा पार्टीभित्र छलफल गरी सर्वसम्मत रूपमा आधिकारिक धारणा बन्नुपर्ने उनीहरूको अडान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending