Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

‘हेलो सरकार’मा पाँच वर्षमा ५० हजार गुनासा

\"helloकाठमाडौं, ९ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उनले भने । ‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उनका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासासमेत आउने गरेको छ । पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिए ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा पाँचजना प्रधानमन्त्री भए । तर, सबैभन्दा धेरै गुनासा डा।बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परेका थिए । उनको समयमा २० हजार ६ सय ६३ गुनासा परेका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिला गुनासो सुन्ने व्यवस्था भए पनि प्रभावकारी थिएन । तर, भट्टराईले ‘हेलो सरकार’ स्थापना गरेर सबै सरकारी निकायलाई गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिलेका गुनासासमेत जोडेर तथ्यांक धेरै देखिएको ‘हेलो सरकार’ कक्षका अधिकृत हरिभक्त महतरा बताउँछन् । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा अघि करिब तीन हजार उजुरी परेका थिए । ‘ व्यक्तिगत लेनदेनका गुनासा बढी हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत्, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन् । सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् । कुन प्रधानमन्त्री हुँदा कति गुनासा ? डा. बाबुराम भट्टराई (१२ भदौ २०६८–३० फागुन २०६९) परेका गुनासा २० हजार ६ सय ६३ फछ्र्योट २० हजार ३ सय १९ खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष १ चैत २०६९–२८ माघ २०७०) परेका गुनासा ६ हजार ८ सय ४ फछ्र्योट ६ हजार ५ सय १ सुशील कोइराला (२८ माघ २०७०–२४ असोज २०७२) परेका गुनासा ९ हजार ५ सय ८१ फछ्र्योट ९ हजार १ सय ९३ वटा केपी ओली (२५ असोज २०७२–१९ साउन २०७३) परेका गुनासा ९ हजार ३ सय १६ फछ्र्योट ७ हजार ५ सय ७९ वटा पुष्पकमल दाहाल प्रचण्ड (१९ साउन २०७३– ६ असोजसम्म) परेका गुनासा २ हजार ३ सय ९० वटा फछ्र्योट १ हजार २ सय ८४ वटा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending