Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

सुनौला हजारमा चरम भ्रष्टाचार

\"corruption-750\"काठमाडौं, ८ असोज । दाताको सहयोगमा सरकारद्वारा सञ्चालित ‘सुनैला हजार कार्यक्रम’मा व्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ । गर्भावस्थालेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको आजको नागरिक दैनिकमा खबर छ । लक्षित समुदायलाई फाइदा पु¥याउने भन्दा कार्यक्रमबाट कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाइएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका पाँच जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भेटिएको हो । कार्यक्रम विवादमा आएपछि मन्त्रालयले दुई उपसचिव नेतृत्वमा छ्ट्टछुट्टै टोलीमार्फत छानबिन गरेको थियो । उपसचिव पुरुषोत्तम कार्की संयोजकत्वमा सप्तरी, सिरहा र धनुषा एवं अर्का उपसचिव सुमन कार्कीको संयोजकत्वमा महोत्तरी र रौतहटमा यो कार्यक्रमबारे छानबिन गर्न असार २२ गते टोली गठन गरेको थियो । छानबिन टोलीले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा परियोजनाका लािग काम गर्ने कर्मचारीका कारण मातृशिशु लक्षित उक्त कार्यक्रम निष्प्रभावी बनेको ठहर छ । प्रतिवेदन अनुसार केन्द्रबाट निकासा भएको तलबभत्ता बापतको रकम कर्मचारीलाई नदिएको, समूहको पैसा कोचले जबर्जस्ती आफ्नो खातामा जम्मा गरेको तथा मसलन्द र तालिमको नाउँमा कार्यक्रमै नगरी अनधिकृत पैसा लिएको भेटिएको छ । प्रतिवेदनअनुसार कार्यक्रमका कर्मचारी तलब र समूहका नाउँमा केन्द्रबाट निकासा भएको करोडौं रुपैयाँ जिल्लामा नलगी कार्यक्रम संयोजकले भ्रष्टाचार गरेको भेटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending