Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रचण्डको सामु अचानक ओली प्रकट हुँदा

काठमाडौं, २९ भदौ । बालुवाटारमा बोलाइएको प्रमुख ३ दलको बैठकमा उपाध्यक्षद्वय बामदेव गौतम र भीम रावललाई पठाएका एमाले अध्यक्ष केपी ओली आइतबार अचानक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा अच्चमै भयो । आजको बुधबार साप्ताहिकमा खबर छ–आफूले समर्थन गरेर प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने र आफैं समर्थन फिर्ता लिएर कुर्सीबाट झार्ने प्रचण्ड एक्कासी ओलीले आगमनले छक्कै परे । \"oli_prachanda\"गेटमा आउनासाथ सुरक्षाकर्मीले ओलीलाई सिधै प्रधानमन्त्रीको च्याम्बरमा पुर्याए । त्यसबेला प्रचण्ड दिवगंग माओवादी नेता पोष्टबहादुर बोगटीपत्नी रामायासहितका सहिद परिवारसँग भेट गर्दै थिए । प्रवै प्रधानमन्त्री ओली, माधव नेपाल, झलनाथ खनाल, एमाले उपाध्यक्ष गौतम र रावल, महासचिव ईश्वर पोरेल र नेता अग्नि खरेलको टिम सिधै भित्र आउँदा प्रचण्ड जुरुक्क उठेर भेटिरहेका सांसद र सहिद परिवारलाई अहिले गइदिनोस् भन्दै बाहिर पठाए । प्रधानमन्त्रीसँग अघिल्लो साँझ बिहान १०ः३० बजेका लागि ज्ञापनपत्र दिने समय मिलाएका भीम रावलले को–को नेता आउने जानकारी दिएका थिएनन् । प्रचण्डले सचिवालयमा भीम रावलसहितका एमाले टोलीको ज्ञापनपत्र बुझ्ने समयतालिका मात्र टिपाएका थिए । अघिल्लो सरकारको बिदाई र नयाँ सरकारको निर्माणपछि भेटघाट र कुनै कुराकानी नभएका ओली–प्रचण्डको यो भेट पनि त्यति राम्रोचाहिँ हुन सकेन् । सुरुमै प्रचण्डले तपाईले ढोका खोल्नुभयो, स्वागत गर्दछु भन्दै हात मिलाए । माधव नेपालले भूमिका बाँधेपछि भीम रावलले भारत भ्रमण सम्बन्धमा ध्यानकर्षण पत्र पढेर सुनाए । सो पत्र ओलीले प्रधानमन्त्रीलाई बुझाए र आफ्नो भनाई थाले । ओलीले आफ्नो सरकार ढलाउन प्रचण्डले बुझाएजस्तो आरेपपत्र नभई सम्मानपूर्ण शब्दबाट सजिएको र प्रधानमन्त्रीज्यूको मर्यादालाई ख्याल गरिएको ध्यानकर्षणपत्र बोकेर आएको बताए । यो भनाइको प्रचण्डले तत्काल खण्डन गर्दै भने, ‘हामी संसदीय व्यवस्थामामा तपाईंहरु जति अनूभवी र खेलाडी भइसकेका छैनौं, हाम्रो कुरा घुमाएर होइन, सिधै–सिधै हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending