काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो । सोही अवधिमा विभिन्न राजनीतिक दलका गरी १७५ जना उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार नाम फिर्ता लिने उम्मेदवारहरूमा एकल चुनाव चिह्नबाट बन्दसूची पेस गर्ने दलका उम्मेदवारसमेत रहेका छन् । दलहरूबीच चुनावी सहमति तथा गठबन्धन बनेसँगै बन्दसूची परिमार्जन गरिएको आयोगको बुझाइ छ ।
नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रहेका छन् । लोसपाका ११० जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । अन्य दलसँग चुनावी तालमेल भएपछि पार्टीले पेस गरेको सम्पूर्ण सूची फिर्ता लिएको जनाइएको छ ।
यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ जना, जनादेश पार्टी नेपालका ६ जना र नेकपा (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगले जनाएको छ । यस्तै नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका २–२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नमा रहेका १–१ जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । त्यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका १–१ जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जानकारी दिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते निर्वाचन आयोगमा उम्मेदवारहरूको नाम दर्ता गराएका थिए । नाम फिर्ता प्रक्रिया पूरा भएसँगै आयोगले अब अन्तिम बन्दसूची प्रकाशन र आगामी निर्वाचन प्रक्रियाका अन्य चरण अघि बढाउने तयारी गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: