झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर विकास निर्माणका काम अघि बढाइएको दाबी गरेका छन् । उनले यस अवधिमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधारलगायत क्षेत्रका परियोजनालाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।
बिर्तामोड नगरपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुन लागेको र निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा तीन वर्षको अवधिमा आफूले निर्वाचित क्षेत्रका लागि गरेका कामबारे सार्वजनिक जानकारी दिएका हुन् ।
सभामुख घिमिरेले संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरेको दाबी गरे । “राजनीतिक अस्थिरताबीच पनि विकासलाई रोकिन नदिने प्रयास गरियो,” उनले भने, “जनताको अपेक्षा अनुसार बजेट सुनिश्चित गर्दै योजनाहरू अघि बढाइयो।”
उनले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गरेको स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको जानकारी दिए । त्यसयता निर्वाचन क्षेत्रमा सडक विस्तार, खानेपानी आयोजना, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।
“तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट व्यवस्थापन गरिएको छ,” सभामुख घिमिरेले भने, “यसले दीर्घकालीन विकासको बलियो आधार तयार गरेको छ।”
सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउँदै आफू जनताप्रति उत्तरदायी भएर काम गरेको दाबी गरे । उनले विकासका कामलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहल र सहयोगका कारण बिर्तामोड क्षेत्रमा उल्लेखनीय विकास सम्भव भएको बताइन् । उनले सडक विस्तार, खानेपानी सुधार तथा अन्य भौतिक पूर्वाधार विकासका लागि केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरिन् ।
पत्रकार सम्मेलनमा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक, अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन, बुद्धशान्तिका नगरप्रमुख मनोज प्रसाईं, संविधानसभा सदस्य प्रेम गिरीलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: