Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रोजेक्ट ताक्ने सचिवद्वारा होहल्ला

\"Arjunकाठमाडौं, २९ भदौ । तराई काठमाडौं जोड्ने द्रुतमार्ग चार वर्षमा बनाएर देखाउँछु भन्दै होहल्ला गर्ने भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्की नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएपछि उनको रोदन सुरु भएको छ । कर्मचारीहरुमा सबैभन्दा अनाकर्षक मानिएको निकाय नेपाल ट्रस्टमा सरुवा हुनु परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरुबाट आफ्नो प्रचार गर्न लगाएको बुधबार साप्ताहिकमा खबर छ । जहिले पनि ठूलो बजेट हुने र आकर्षक स्थानमा बस्ने तारतम्य मिलाउन चतुर मानिने कार्की योपटक बढी बाठो भएका कारण त्यसरी चिप्लिएका हुन् । जागिरे जीवनबाट अवकाश लिन एक वर्ष मात्र बाँकी रहँदा कार्कीले आफूलाई उक्त प्रोजेक्ट जिम्मा दिएमा चार वर्षमा सम्पन्न गरिदिने बताएका थिए । बजेटका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको उक्त परियोजनामा कार्कीको आँखा परेसँगै विगतमा गरिएको अनियमितताको कारबाही स्वरुप नेपाल ट्रस्टमा सरुवा गरिएको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीलाई सरुवा गर्न उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चर्को दबाब दिएको हल्ला फिँजाइए पनि खासमा मुख्य सचिव डा. सोमलाल सुवेदीलेनै काकीलार्य नेपाल ट्रस्टमा सरुवा गरेको बताइएको छ । केही दिनअघि मात्रै कार्कीले फास्ट ट्रयाक निर्माणको जिम्मा आफूलाई दिइए चार वर्षमा सम्पन्न गरेर देखाइदिने अभिव्यक्ति दिएका थिए । सचिव कार्कीको पृष्ठभूमी कांग्रेस समर्थक रहेको छ र कर्मचारी वृत्तमा उनी घुस्याहा हाकिमका रुपमा परिचित छन् । उनी सहरी विकास मन्त्रालयमा हुँदा पनि विवादमा मुछिएका थिए । त्यो बेला भूकम्पपीडितका लागि भनी रातारात किनिएको त्रिपालमा व्यापक अनियमितता भएपछि उनीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको थियो । अख्तियारले मातहतका कर्मचारीलाई दोषी देखाएर उनलाई उन्मुक्ति दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending