Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

डनका लाइसेन्सप्राप्त हतियार खोस्दै प्रहरी

\"pestol-750\"काठमाडौं, २९ भदौ । लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको आजको नयाँ पत्रिकामा खबर छ । ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो । हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो । ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया सुरु गरेको छ । विश्वक्रान्ति सिंह र प्रकाश मालीको हतियारको लाइसेन्स रद्द गर्न सिफारिस गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए । २३ चैतमा पक्राउ परेका सिंह हाल जेलमा छन् । उनको साथबाट अत्याधुनिक दुई हतियार र एक सय ५६ वटा गोली बरामद भएको थियो । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको थियो । माली पनि ललितपुरमा लामो समयदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन् । केही महिनाअघि ग्याङफाइटमा पक्राउ पर्दा उनीसँग लाइसेन्सप्राप्त हतियार भएको खुलेको हो । सिंह र मालीले लाइसेन्सप्राप्त हतियारकै आधारमा धम्क्याउने गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले सरकारबाट लाइसेन्सप्राप्त हतियारकै आधारमा अपराध गर्दै आएको पाइएपछि रद्द गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ एसएसपी अधिकारी भन्छन्, ‘लाइसेन्सप्राप्त हतियारले समेत समाजमा आतंक फैलाउने गरेको देखियो ।’ हातहतियार तथा खरखजना ऐनमा सुरक्षा थ्रेट भएको व्यक्तिहरूलाई मात्र हतियार राख्ने लाइसेन्स दिने व्यवस्था छ । यसका लागि असल चालचलन भएको प्रहरी रिपोर्ट आवश्यक पर्छ । तर, प्रहरी र जिल्ला प्रशासनबाटै सोर्सफोर्स र दबाबका आधारमा गुन्डागर्दीमा सक्रिय व्यक्तिहरूले हतियारको लाइसेन्स पाउने गरेको स्रोत बताउँछ । यसरी लाइसेन्स लिनेले नै हतियार देखाएर धम्क्याउने गरेको खुल्दै आएको छ । ‘राम्रो मान्छेलाई किन हतियार राख्नुप¥यो रु’ एक प्रहरी अधिकारी भन्छन्, ‘खराब व्यक्तिहरूलाई नै हतियारको आवश्यकता पर्छ ।’ कतिपयले सिकार खेल्नसमेत हतियारको लाइसेन्स लिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending