Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

ओबामालाई चीनको चिसो स्वागत

\"g20-leaders\"एजेन्सी, २० भदौ । जी–ट्वान्टी सम्मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति ‘कुटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् । अमेरिकी र चिनियाँ मूल्यमान्यता फरक भएका कारण यस्तो भएको आरोप उनले लगाए । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ– यसै घटनाबाट पनि चीन र अमेरिकाको मूल्यमा भएको पृथक्ता स्पष्ट भएको उनको भनाइ छ । शनिबार विमानस्थलमा चिनियाँ अधिकारीले अमेरिकी सञ्चारमाध्यम र अन्य अमेरिकी अधिकारीलाई सुरक्षाको कारण देखाउँदै ओबामाको विमाननजिकै जान दिएका थिएनन् । अमेरिकी अधिकारीले आफू ओबामासम्म पुग्न पाउनुपर्ने भन्दै आपत्ति प्रकट गरे पनि त्यो सम्भव भएको थिएन । अमेरिकी विमान भएको भन्दै अमेरिकी अधिकारीले त्यहाँसम्म जान पाउनुपर्ने माग राखेपछि चिनियाँ अधिकारीले उक्त विमानस्थल चीनको भएको जबाफ दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस र ह्वाइट हाउसको प्रेस हेर्ने अधिकारीमाथि पनि चिनियाँ अधिकारीले सुरक्षा जाँच गरेका थिए। यसै विषयलाई लिएर ओबामाले मानवअधिकार र प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ दृष्टिकोण भन्दै व्यंग्य गरेका थिए । यो व्यवहार नै दुई देशबीच पाइने प्रेस र स्वतन्त्रताप्रतिको फरक भएको उनको भनाइ थियो । ओबामाले यो विषय बेलायती प्रधानमन्त्री टेरेसा मेसँग पनि उठाएका थिए । चीनको यस्तो व्यवहार पहिलोपटक नभएको भन्दै उनले टिप्पणी गरेका थिए । उनले भने, ‘हामीले गरेको कामसम्म प्रेसको निर्बाध पहुँच हुनुपर्छ । हामीले यात्राका क्रममा पनि यस्ता आदर्शको सम्मान गर्छौं ।’ अरू मुलुक यात्राका क्रममा अमेरिकी अधिकारीको सुरक्षा जाँच र ती अधिकारीलाई विशेष छुट दिइएको हुन्छ । विमानबाट उत्रनासाथ अमेरिकी राष्ट्रपतिको तस्बिर दिन त्यस्तो छुट दिइने अमेरिकी भनाइ छ । यसअघि ओबामाको आगमनमा समेत उनलाई नियोजित रूपले रातो कार्पेटबाट हिँड्न अमेरिकी सरकारले वञ्चित गरेको थियो । उनलाई चिनियाँ सरकारले एयरफोर्स विमानबाट ओर्लने क्रममा सिँढीको समेत व्यवस्था गरेको थिएन । जी–ट्वान्टी सम्मेलनमा पुगेका संसारभरिका अन्य १८ नेताका लागि भने चिनियाँ प्रशासनले रातो कार्पेटको व्यवस्था गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending