निर्वाचन आयोग स्रोतका अनुसार यो विवरण दिउँसो ३ बजेसम्मको हो। उम्मेदवारी फिर्ता लिन दिउँसो ४ बजेसम्म समय तोकिएकाले निवेदकको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।
उम्मेदवारी फिर्ता लिने ५० जनामध्ये २० जना जनमत पार्टीका रहेका छन्। जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको थियो।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए। उक्त सूचीमा समावेश उम्मेदवारहरूको क्लस्टर मिलानको प्रक्रिया पूरा गरी दलहरूले पुस २७ गतेसम्म सूची सच्याइसकेका छन्।
आज उम्मेदवार स्वयंले समानुपातिक उम्मेदवारी फिर्ता लिन निवेदन दिन सक्ने अन्तिम दिन हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं आयोगमा उपस्थित भएर निवेदन दिनुपर्ने व्यवस्था छ।
उम्मेदवारी फिर्ताको निवेदन परेपछि आयोगले सम्बन्धित दललाई उक्त स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्न समय दिने जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १९:०२
पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...
पौष २८ गते, २०८२ - १८:५७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...
पौष २८ गते, २०८२ - १६:२६
काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...
पौष २८ गते, २०८२ - १६:२४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...
पौष २८ गते, २०८२ - १६:२१
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक अस्थायी रूपमा सिंहदरबारमै बस्ने भएको छ। सं...




प्रतिकृया लेख्नुहोस्: