काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५.५४ अंकले घटेर बन्द भएको छ।
गत बिहीबार नेप्से ४.५९ अंकले बढ्दै २ हजार ६ सय ४०.५४ विन्दुमा पुगेको थियो। तर उक्त वृद्धि टिक्न सकेन। आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहेको सेयर बजार सोमबार एकैपटक खुलेपछि ०.२० प्रतिशतले घट्दै २ हजार ६ सय ३५ विन्दुमा ओर्लिएको हो।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्यो भने १७८ कम्पनीको घट्यो। ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्य घट्ने कम्पनीको संख्या बढ्नेभन्दा धेरै भएपछि समग्र नेप्से परिसूचक घटेको हो।
यस दिन कुल ७८ हजार ८ सय ८ पटकको कारोबारमा १ करोड २० लाख ९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच भए। ती कारोबारबाट कुल ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको हो। गत बिहीबार बजारमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन्। बाँकी ९ उपसमूहको परिसूचक घटेपछि समग्र बजार ओरालो लागेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...
पौष २८ गते, २०८२ - १६:२६
काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...
पौष २८ गते, २०८२ - १६:२४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...
पौष २८ गते, २०८२ - १६:२१
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक अस्थायी रूपमा सिंहदरबारमै बस्ने भएको छ। सं...
पौष २८ गते, २०८२ - १६:१८
काठमाडौँ । विश्वभरका अधिकांश एक्चुअरीहरू पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र दिगोपनसम्बन्धी कार्यमा आफ्नो व्यावसायिक संलग्नता उल्लेख्य रूपमा बढेको बता...
पौष २८ गते, २०८२ - १६:१२
काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठनको मागस...




प्रतिकृया लेख्नुहोस्: