Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सुरक्षित सीट खोज्दै नेकपा नेतृत्वः कालिकोटबाट पछि हटेर रुकुमपूर्व पुगे प्रचण्ड

रुकुम पश्चिम छाडेर रुकुमपूर्व किन पर्याे राेजाइमा ?

खबरडबली संवाददाता

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालिकोटबाट पछि हट्दै रुकुमपूर्व रोज्नु केवल क्षेत्र छनोट मात्र होइन, माओवादी राजनीतिमा देखिएको घट्दो जनाधार, आन्तरिक विभाजन र चुनावी असुरक्षाको स्पष्ट संकेत हो।

कालिकोट पार्टी कमिटीले पुस १७ गते प्रचण्डलाई प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरे पनि उनले अन्ततः त्यो सिफारिस अस्वीकार गरे। शनिबार रुकुम पश्चिममा आयोजित कार्यक्रममा प्रचण्डले ‘रुकुमपूर्वबाटै चुनाव लड्ने’ घोषणा गर्नुले पार्टीभित्र गरिँदै आएको आन्तरिक मूल्याङ्कन सार्वजनिक रूपमा पुष्टि गरेको छ।

कालिकोट किन असुरक्षित भयो ?

कालिकोट माओवादीको परम्परागत प्रभाव क्षेत्र मानिए पनि पछिल्ला चार वटा प्रतिनिधिसभा निर्वाचनको मत परिणामले त्यो धारणा कमजोर बन्दै गएको देखाउँछ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले २७ हजार ६२९ मत ल्याउँदा पार्टी एक्लै प्रतिस्पर्धामा थियो। तर त्यसपछि माओवादीको जनमत निरन्तर घट्दो क्रममा छ।

२०७० मा महेन्द्रबहादुर शाही १० हजार ८४ मतसहित विजयी भए भने २०७४ मा एमालेसँगको गठबन्धन हुँदासमेत दुर्गबहादुर रावतले २१ हजार ११२ मत मात्र प्राप्त गरे। २०७९ को निर्वाचनमा कांग्रेसको समर्थन हुँदा पनि शाहीले २३ हजार ७२७ मतमा सीमित हुनुपर्‍यो। गठबन्धनको भरमा मात्रै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले माओवादीको स्वतन्त्र जनाधार खस्कँदै गएको संकेत गर्छ।

विभाजनले झन् बढायो जोखिम

यसपटक कालिकोटमा माओवादीका लागि जोखिम अझै बढेको छ। १८ वर्षपछि विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उम्मेदवार बन्ने तयारीमा छन्। दलित समुदायको मत प्रभावशाली रहेको कालिकोटमा प्रकाण्डको उपस्थितिले माओवादीकै मत गम्भीर रूपमा काट्ने आकलन गरिएको छ।

त्यसमाथि कांग्रेसबाट भूपेन्द्रजंग शाही र एमालेबाट नगीन्द्र शाही ‘नेशनल’ जस्ता पहिचान भएका नेताहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ। यस्तो अवस्थामा एक्लै चुनाव लड्दा प्रचण्ड स्वयं पराजित हुने जोखिम उच्च रहेको माओवादी नेताहरू स्वीकार्छन्।

रुकुम पश्चिम छाडेर रुकुमपूर्व किन ?

रुकुम पश्चिम माओवादीको ऐतिहासिक आधार इलाका भए पनि त्यहाँ जनार्दन शर्मा ‘प्रभाकर’ नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी सक्रिय छ। शर्मा स्वयं उम्मेदवार बन्ने तयारीमा रहेकाले माओवादी मत पुनः विभाजित हुने देखिन्छ। त्यसैले प्रचण्डले पश्चिमभन्दा तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धा रहेको रुकुमपूर्वलाई रोजेको विश्लेषण गरिन्छ।

रुकुमपूर्वमा माओवादीको संगठनात्मक पकड बलियो छ भने प्रतिस्पर्धी दलहरूको उपस्थिति सीमित देखिन्छ। यही कारण प्रचण्डले ‘सबैभन्दा सुरक्षित’ विकल्पका रूपमा रुकुमपूर्व छनोट गरेको पार्टीभित्र चर्चा छ।

नेतृत्वको असुरक्षा कि यथार्थवादी निर्णय ?

प्रचण्डको निर्णयलाई कतिपयले ‘यथार्थवादी राजनीतिक चाल’ मानेका छन् भने कतिपयले ‘नेतृत्वको असुरक्षा’को रूपमा विश्लेषण गरेका छन्। जनयुद्धका सर्वोच्च कमाण्डरबाट गणतन्त्रका प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका प्रचण्ड आज आफ्नै पार्टीको परम्परागत आधार क्षेत्रमा सुरक्षित महसुस गर्न नसक्नु माओवादी राजनीतिमा आएको ठूलो परिवर्तनको संकेत हो।

कालिकोटमा अब कसको हातमा पार्टीको जिम्मा ?

प्रचण्ड रुकुमपूर्व गएसँगै कालिकोटमा नेकपाको उम्मेदवार चयन झनै जटिल बनेको छ। करिब ९ जना नेताहरूले उम्मेदवारी दाबी गरेका छन्। तीमध्ये महेन्द्रबहादुर शाही सबैभन्दा बलिया दाबेदार मानिए पनि पार्टीभित्र ‘पटक–पटक एउटै अनुहार’ भन्ने असन्तुष्टि बढ्दै गएको छ।

जीवन बुढा, लक्ष्मीप्रसाद चौलागाईं, मनबहादुर सिंहलगायत नेताहरूको आकांक्षाले उम्मेदवार चयन पार्टी नेतृत्वका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ।

संकेत के हो ?

प्रचण्डको कालिकोट त्याग र रुकुमपूर्व रोजाइले एउटा स्पष्ट सन्देश दिन्छ—माओवादी अब ‘भावनात्मक आधार’ होइन, ‘गणितीय सुरक्षा’को राजनीतितर्फ उन्मुख हुँदैछ। यो निर्णय केवल एक उम्मेदवारको क्षेत्र परिवर्तन होइन, बदलिँदो नेपाली राजनीतिमा माओवादीको कमजोर हुँदै गएको हैसियतको दस्तावेज हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

मतदान अधिकृत दीपा गौतम, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाइन्

कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...

कहाँ-कहाँ सुरु हुँदै छ आज रातिबाटै मतगणना ?

काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...

ओखलढुङ्गाको मानेभञ्ज्याङ –७ स्थित मतदान केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य मत

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...

पूर्वी रुकुममा भोलि मात्रै मतगणना

रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...

पूर्वमा घण्टीलाई ‘माटो’ र ‘भाले’को चुनौती

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटिकामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE