Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

माओवादीका भ्रातृ संगठनः कुनमा संगठनमा कति नेता ?

\"ycl काठमाडौं, १२ भदौ । माओवादी केन्द्र अन्र्तगत रहेको विभिन्न भ्रातृ संठगनहरुमा कुनमा कति नेता छन् भन्नेबारे आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अखिल (क्रान्तिकारी)९९९ सदस्यीय केन्द्रीय समिति माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको एकता भेला १३ साउनमा भएको छ । एकता भेलापछि क्रान्तिकारी विद्यार्थीको नौ सय ९९ जनाको केन्द्रीय समिति बनेको छ । नरेन्द्र्र न्यौपानेको अध्यक्षतामा बनेको जम्बो केन्द्रीय समितिमा पदाधिकारीको संख्या नै ९९ जनाको छ । २८ जना उपाध्यक्ष, एक महासचिव, ६८ जना सचिव र एक कोषाध्यक्ष रहने गरी ९९ जनाको पदाधिकारी बनेको छ । त्यस्तै तीन सय ३३ जनाको सचिवालय बनेको क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । अखिल नेपाल ट्रेड युनियन महासंघ– १९९ सदस्यीय केन्द्रीय समिति माओवादीको जनवर्गीय संगठनमध्ये सबैभन्दा बढी प्रभावशाली र बलियो संगठन अखिल नेपाल टे«ड युनियन महासंघ हो । पार्टी एकतामा आएका मजदुर संगठनहरूको एकता भेलापछि यसको केन्द्रीय समिति एक सय ९९ सदस्यीय छ । अन्य जनवर्गीय संगठनको केन्द्रीय समितिको तुलनामा मजदुर संगठनको केन्द्रीय समिति सबैभन्दा सानो आकारको छ । पदाधिकारी भने जम्बो छ । ‘संगठनको एकतापछि ३२ जना पदाधिकारी, ६३ जनाको सचिवालयसहितको एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनेको छ,’ अध्यक्ष शालिकराम जम्मकट्टेलले भने, ‘अन्य जवस मोर्चाको तुलनामा सानो आकारको समिति बनेको छ ।’ गत २५ असारमा टे«ड युनियन महासंघले एकता भेला गरेको थियो । महासंघको ३१ वटा अन्य पेसागत घटक संगठन छन् । त्यसको केन्द्रीय एकता भेलाका लागि संयोजन समिति बनिसकेको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)– ३२५ सदस्यीय केन्द्रीय समिति माओवादी केन्द्रको किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को तीन सय २५ जनाको केन्द्रीय समिति छ । २७ साउनमा बनेको एकता भेलापछि उसले एक अध्यक्ष, १० उपाध्यक्ष, एक महासचिव, १४ सचिव र एक कोषाध्यक्ष गरी २७ जनाको पदाधिकारी बनाएको छ । संगठनको अध्यक्षमा चित्रबहादुर केसीले जिम्मेवारी पाएका छन् । अखिल नेपाल शिक्षक संगठन– ३५१ सदस्यीय केन्द्रीय समिति माओवादी केन्द्रनिकट अखिल नेपाल शिक्षक संगनठमा तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनेको छ । ५ असारमा एकता भेला गरेर संगठनले अध्यक्षमा भोला सापकोटालाई चयन गरेको छ । यसको पदाधिकारी पनि ३१ जना छन् । ११ उपाध्यक्ष, ९ सचिव छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)– ४५१ सदस्यीय केन्द्रीय समिति काठमाडौंमा ९ र १० भदौमा क्रान्तिकारी महिलाहरूको एकता भेला भएको छ । भेलाले अमृता थापामगरको अध्यक्षतामा चार सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको नेतृ कमला रोकाले जानकारी दिइन् । पदाधिकारी नै ५५ जना बनाएर केन्द्रीय समिति घोषणा गरेको महिलाको संगठन एकताअगाडिको एउटा घटककी अध्यक्ष धर्मशिला चापागाईंले अन्तिम समयमा सम्मेलन नै स्थगित गरेर हिँडेकी थिइन् । तर, उनलाई पनि उपाध्यक्षमा राखिएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन– ३२५ सदस्यीय केन्द्रीय समिति नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको तीन सय २५ सदस्यीय केन्द्रीय समिति छ । गत असार २५ मा एकता भेला गरी नरेश भण्डारीको अध्यक्षमा कमिटी बनाइएको छ । १७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र २१ सचिव गरी संगठनमा ४१ पदाधिकारी छन् । नेपाल दलित मुक्ति मोर्चा– ४५१ सदस्यीय केन्द्रीय समिति नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको चार सय ५१ सदस्यीय केन्द्रीय समिति छ । एकता भेलाले तिलक परिवारलाई संयोजक चयन गरे पनि सहसंयोजक, सचिवालयलगायत चयन हुन सकेका छैनन् । नेता परशुराम रम्तेलका अनुसार अबको केन्द्रीय आयोजक समितिको बैठकले यस विषयमा टुंगो लगाउनेछ । तर, बैठक कहिले बस्ने भन्ने टुंगो छैन । जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल– ९ सदस्यीय केन्द्रीय समिति जनयुद्धमा मारिएका सहिद परिवारको संगठनका रूपमा माओवादी केन्द्रले जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल गठन गरेको छ । यसको एकता भेला सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ । तर, केन्द्रीय समिति भने नौ सदस्यीय बनेको छ । नेपाल संयुक्त भूतपूर्व सैनिक र अर्धसैनिक संगठन (क्रान्तिकारीं)– २१ सदस्यीय केन्द्रीय समिति अवकाशप्राप्त पूर्व जनमुक्ति सेनालगायत विभिन्न सुरक्षा निकायमा कार्यरत पूर्वसैनिकहरूको संगठन हो नेपाल संयुक्त भूतपूर्व सैनिक र अर्धसैनिक संगठन (क्रान्तिकारी) । यसले एकता भेला गरी पूर्णबहादुर रानाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । आगामी कामबारे कुनै ठोस कार्यक्रम भने बनाएको छैन । अखिल भारत नेपाली एकता मञ्च– १९९ सदस्यीय केन्द्रीय समिति भारतमा रोजगारी र अध्ययनमा गएका प्रवासी नेपालीलाई समेत संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले संगठन निर्माण गरेको छ । अखिल भारत नेपाली एकता मञ्च नामको समितिले पनि माउ पार्टी एकतापछि एकता भेला गरिसकेको छ । भेलाले ईश्वरी भण्डारीको अध्यक्षतामा एक सय ९९ सदस्यीय समिति निर्माण गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending