काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताएको छन्।
नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएको हो । उनले भने, “संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, धम्कीबाट अझै त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ ।”
राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको बताउँदै उनले थपे, “मुलुकमा केही भएन भनेर जबरजस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी सम्बोधन गर्नु पर्ने छ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ ।”
प्रतिनिधिसभाको विघटन असंवैधानिक रूपमा गरिएका कारण यसको पुनर्स्थापना हुनु कानुनी हिसाबले आवश्यक, उचित र अपरिहार्य रहेको उनको भनाइ छ । “वर्तमान जटिल राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वपक्षीय सरकार, बृहत् संवाद, आवश्यकता अनुसार संविधान संशोधन र त्यसपछि निर्वाचन नै राजनीतिक सङ्क्रमण काललाई व्यवस्थित गर्ने सबैभन्दा सुरक्षित, निरापद र भरपर्दो बाटो हो” अध्यक्ष ओलीले भने।
यस्तो गम्भीर विषयमा न्यायालय अलमलमा रहनु उचित नभएको भन्दै उनले ढिलो न्याय गर्नु पनि अन्याय गर्नु हो भन्नु भयो । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि पुराना दलहरूलाई अल्मल्याउने प्रयास भएको बताउँदै उनले नयाँ पुस्ता र पुरानो पुस्तामा कित्ताकाटको प्रयास भएको टिप्पणी गरे।
एमाले निर्वाचनबाट नभाग्ने तर निर्वाचनको उचित वातावरण बन्नु पर्ने उनले बताए। “शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बनाउन सकेको छैन । निर्वाचनको मूल मर्म भनेकै निर्भयताको वातावरण निर्माण हो” उनले भने, “भदौ २४ गते भगाइएका कैदीहरूमध्ये ५ हजारभन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियारमध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउन्ड गोली बाहिरै राखेर निर्वाचनको वातावरण तयार हुँदैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...
पौष २६ गते, २०८२ - १६:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...
पौष २६ गते, २०८२ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...
पौष २६ गते, २०८२ - १५:५६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...
पौष २६ गते, २०८२ - १५:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...
पौष २६ गते, २०८२ - १५:४३
काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...
पौष २६ गते, २०८२ - १५:११
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...
पौष २६ गते, २०८२ - १४:५८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...




प्रतिकृया लेख्नुहोस्: