Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

संघीयतामा यस्तो हुँदैछ स्वास्थ्य संरचना

काठमाडौं, २९ साउन । स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय गरेको छ । तीन तहको स्वास्थ्य संरचना रहने प्रस्ताव गरिएको खाकामा स्थानीय स्तरलाई नै अधिकारसम्पन्न गराउने उल्लेख छ । प्रधानमन्त्री कार्यालयले स्थानीय तहलाई बढी सक्रिय गराउने गरी खाका तय गर्न निर्देशन दिएका कारण सोहीअनुसारको प्रस्ताव ल्याएको मन्त्रालयको संघीय संरचना प्राविधिक टोलीका सदस्यसचिव एवम् उपसचिव बाबुराम खनालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– प्रस्तावित केन्द्रीय संरचना केन्द्रमा संघीय स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व मन्त्रालय रहनेछ । मन्त्रालयअन्तर्गत सातवटा महाशाखा रहने गरी प्रस्ताव छलफलका लागि ल्याइएको छ । जसमा नीति, अनुगमन तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा, योजना मोनिटरिङ एन्ड इभ्यालुएसन महाशाखा, आकस्मिक तथा प्रकोप व्यवस्थापन महाशाखा, आर्थिक तथा प्रशासनिक महाशाखा, सहयोग सेवा महाशाखा, स्वास्थ्य सेवा विकास महाशाखा र सामाजिक उत्तरदायित्व महाशाखा रहने गरी प्रस्ताव गरिएको खनालले बताए । केन्द्रीय स्तरको नीति निर्माण र प्रदेश सरकारले गर्न नसक्ने काममा सहजीकरण गर्ने अधिकार मात्र संघीय मन्त्रालयमा रहने गरी प्रस्ताव गरिएको छ । क्षेत्रीय संरचना कस्तो ? छलफलका लागि प्रस्ताव गरिएको खाकामा प्रदेशमा प्रादेशिक मन्त्रालयको कल्पना गरिएको छ । मन्त्रालयमा स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व विभाग रहनेछ । जसअन्तर्गत चारवटा महाशाखाको विषयमा छलफल भएको छ । प्रस्तावित महाशाखामा नीति तथा अनुगमन मूल्यांकन महाशाखा, स्वास्थ्य सेवा महाशाखा, सामाजिक उत्तरदायित्व महाशाखा, प्रोग्राम मेनेजमेन्ट महाशाखा रहनेछन् । स्थानीय संरचना स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थालाई अधिकारसम्पन्न बनाउन गाउापालिका या नगरपालिकालाई नै नीति तथा कार्यक्रम बनाउने अधिकार दिइएको छ । साथै, त्यहााको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कानुन बनाउने अधिकारसमेत गाउा या नगरपालिका स्वास्थ्य संस्थाले पाउने गरी खाका तयार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थालाई सबल बनाउन सोअन्तर्गत चारवटा शाखा रहने परिकल्पना गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending