Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

दिल्ली र बेइजिङलाई के छ प्रधानमन्त्रीको सन्देश ?

\"PM-Prachanda\" काठमाडौं, २८ साउन । कांग्रेस–माओवादी गठबन्धन सरकारले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई उच्च र समान प्राथमिकता दिँदै दुवै देशका राष्ट्रपतिको भ्रमण गराउने पहल थालेको छ । यही प्रयोजनका लागि बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा भारत र चीनमा क्रमशः उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कूटनीतिक च्यानलबाट यथाशक्य चाँडो भ्रमणको टुंगो लागेपछि दुवै राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा लिएर उपप्रधानमन्त्रीद्वय जाने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डको भारत र चीन भ्रमणबारे पनि दुवै विशेष दूतले कुराकानी गर्नेछन् । यसै वर्ष चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण चीनका राष्ट्रपति सी जिनपिङ र भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही वर्ष नेपाल भ्रमण गर्न चाहेका छन् । राष्ट्रपति भण्डारीको भारत भ्रमण तय भइसकेपछि पनि अघिल्लो सरकारले अन्तिम समयमा स्थगित गरेको थियो । उच्चस्तरीय भ्रमण सुचारु गर्ने र सम्बन्धलाई संविधान जारी हुनुपूर्वको सामान्य अवस्थामा प(याउने सरकारको प्राथमिकता रहेको उपप्रधानमन्त्री निधिले बताए । त्यही कारण विशेष दूत पठाउने निर्णय भएको पनि उनको भनाइ छ । भारतको उच्च राजनीतिक तहमा निधिको राम्रो पहुँच छ भने चीनको उच्च राजनीतिक तहमा महरा निकटतम सम्पर्कमा छन् । दोस्रो र तेस्रो वरीयताका उपप्रधानमन्त्रीद्वय निधि र महरालाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउनुलाई सरकारले दुवैको विश्वास आर्जन गर्न खोजेको परराष्ट्रविद्हरूले बताएका छन् । आगामी असोज–कात्तिकमा चीनका राष्ट्रपति सी जिनपिङ र लगत्तै भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण गराउने सरकारको योजना छ । यसैगरी, प्रधानमन्त्री प्रचण्डको भारत र चीन भ्रमण तथा राष्ट्रपति भण्डारीको भारत र चीन भ्रमणका लागि सरकारले उच्चस्तरमा कूटनीतिक संवाद चलाउनेछ । ‘हामी दुवै छिमेकीसँग सन्तुलित र पूर्ववत् सहज सम्बन्ध विकास गर्न चाहन्छौँ, त्यही अभिप्रायसहित हामीलाई प्रधानमन्त्रीज्यूको विशेष दूतका रूपमा पठाउने निर्णय भएको हो,’ उपप्रधानमन्त्री निधिले बिहीबार नयाँ पत्रिकासँग भने । स्रोतका अनुसार अघिल्लो सरकारले छिमेकीहरूसँग सन्तुलित र परस्परमा विश्वासको सम्बन्ध विकसित गर्न नसकेको सरकारको बुझाइ छ । यद्यपि वर्तमान सरकारले अघिल्लो सरकारले भारत र चीनसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending