Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

कसैको हप्की–दप्कीबाट नहच्किने ओलीको दाबी

\"KP-Oli-in-Parliament-1-750\" काठमाडौ, २७ साउन । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीको गठबन्धन ‘रिमोट कन्ट्रोल’बाट चलेको बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – प्रेस चौतारी नेपालले बुधवार पार्टी मुख्यालय धुम्बारहीमा आयोजना गरेको अन्तरसंवादमा ओलीले भने, ‘प्रचण्ड वा यो गठबन्धनको रिमोट कन्ट्रोल कहाँ छ, त्यो मलाई थाहा छ । त्यसैले अहिले च्यानल परिवर्तन हुँदा छक्क मान्नु पर्दैन । च्यानल चेन्ज भइरहन्छ ।’ उनले आफु नैतृत्वको सरकार हटाउन ठूलो षडयन्त्र रचिएको बताएका छन् ।उनले भने, मलाई हटाउनुपर्ने कुनै कारण थिएन । मलाई हटाउन षडयन्त्र रचियो । त्यो षडयन्त्र एमाले विरुद्ध मात्र होइन, मुलुकविरुद्ध पनि हो । ओलीले त्यो षडयन्त्रमा कांग्रेस–माओवादी गोटी बनेको लागेको आरोप लगाए । ‘अहिले केपी ओलीलाई कमजोर बनायो भने नेकपा एमाले कमजोर हुन्छ । नेकपा एमाले कमजोर भने मुलुक कमजोर हुन्छ भन्ने ध्याउन्नमा केही साथीहरु लागेका छन्’ उनले भने, ‘एमाले कसैले लगाएको लिस्नो चढेर आएको पार्टी होइन । सबैलाई हेक्का होस् । देशलाई दूरगामी असर पर्ने काम गर्न एमालेले कुनै हालतमा दिने छैन ।’ उनले एमालेलाई कमजोर बनायो भने महाभारतमा भिस्मलाई शैया चढाएर लड्दा सजिलो भए जस्तो सोचेको भए एमाले कुनै शैया नचढ्ने पार्टी भएको उनले बताए । ओलीले आफुले सरकारको नेतृत्व लिदा देशमा असाधरण र नाकावन्दीको अवस्था रहेको उल्लेख गरे। उनले आफु नेतृत्वको सरकारले एक देशमा निर्भर हुने कुराको अन्त्य गरेको र समानताका आधारमा देशलाई सार्बभैमसत्ता स्वाधिन राष्ट्रका रुपमा स्थापित गरेको बताए। उनले देश भित्र आत्मनिर्भरता कायम राख्ने हो भने नाकावन्दीले केही फरक नपर्ने दावी गरे। ओलीले एमाले कसैको हक्पी–दप्कीबाट नहच्किने नदच्किने दाबी गरेको छन् । उनले भने ‘पूर्व प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूत नियुक्तिको निर्णयलाई उल्ट्याउने काम गरेर माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संवैधानिक कानुन विपरित काम गरेको आरोप लगाए । ‘राजदूतले बेठिक काम गरे भने फिर्ता बोलाउन सकिन्छ ।मन परेन भने बेठिक काम गरे भन्ने आरोप पनि लगाउन सकिन्छ तर, सुनुवाईकै क्रममा रहेका राजदूतलाई मन्त्रीपरिषद्ले जुन ढंगको निर्णय गरेको छ । यो अराजनीतिक, प्रतिशोधपूर्ण र असंवैधानिक पनि छ ।’ उनले राजदूतका सन्दर्भमा माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई च्यानल चेन्ज गरेको संज्ञा दिए। ओलीले त्यसलाई एक माघले जाडो नजाने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending