Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

संघीयता कार्यान्वयनमै शंका

\"nepal-7-pardesh-map\"काठमाडौं, २७ साउन । संविधानबाट अत्यधिक बहुमतले पारित भएको नयाँ संविधानमा लेखिएअनुसार संघीयता कार्यान्वयन हुनेमा प्रमुख दलकै नेताले शंका व्यक्त गरेका छन्। पुनःसंरचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारमा सहभागी दलका शीर्ष नेतासँग गरेको छलफलमा नेताहरूले संघीयता कार्यान्वयन हुनेमा शंका गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ – प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका सबै अधिकार व्यावहारिक नभएको गुनासो गरे। ‘संविधानमा हस्ताक्षर गर्ने बेला गरियो, पछि चेतियो,’ उनले भने। उनले गाउँपालिका, नगरपालिकालाई भन्दा जिल्लालाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए। संविधानअनुसार भने सबैभन्दा धेरै अधिकार गाउँपालिकालाई दिइएको छ। ‘जिल्लामा हुनुपर्ने अधिकार गाउँ लगेर सम्भव छैन,’ पौडेलले भने, ‘तल्लो तहमा अधिकार बढी भयो। सबै अधिकार व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिँदैन ।’ छलफलमा प्रमुख पार्टीका शीर्ष नेताले संविधानमा जनतालाई दिएको अधिकारप्रति अनभिज्ञता प्रकट गरेको पुनःसंरचना आयोगका एक सदस्यले बताए। उनका अनुसार तीन तहको सरकारबारे नेताहरू नै अलमलमा परेको देखिएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानले दिएको कुरा कटौती गर्न नपाइने बताए। उनले भने, ुहामीले संविधानमा लेखिएका कुरा अव्यावहारिक भए भनेर आयोगसँग गुनासो नगरौं। हामी आफैँ छलफल गर्नुपर्छ।ु श्रेष्ठले संविधान कार्यान्वयन गर्नुको सट्टा संविधान गलत भयो नभन्न सुझाए। संविधानमा व्यावहारिक पाटोलाई ध्यान नदिई अधिकार मात्र लेखिएकाले कार्यान्वयनमा चुनोती रहेको नेताहरूले बताए। छलफलमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, राप्रपा नेता पशुपतिसमशेर राणालगायतको उपस्थिति थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending