Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

अकस्मात् यसकारण टाढिए दुई राप्रपा

\"06082016072624RPP-1000x0\" काठमाडौं, २६ साउन । दुई राप्रपा एकीकरणको घोषणासभा मंगलबार दिउँसो १ बजे गर्ने गरी राजधानीको राष्ट्रिय सभागृहमा सम्पूर्ण तयारी भएको थियो । दुवै पार्टीका देशभरका नेता–कार्यकर्ता एकीकरण कार्यक्रममा सहभागी हुन राजधानी आउँदै थिए । राप्रपा नेपालबाट पार्टी अध्यक्ष कमल थापा र विश्वबन्धु थापा तथा राप्रपाबाट अध्यक्ष पशुपतिशमशेर राणा र वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द गरी वक्तासमेत तय भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ – पूर्व पञ्च पृष्ठभूमिका दुवै पार्टीबीचको सम्बन्धका घटनाक्रम अकस्मात् फेरियो । निर्धारित दिन र समयमा एकीकरण घोषणासभा भएन । बरु लगभग सोही समयमा पार्टी एकीकरणको साटो झन् टाढिने सन्देश आए । दुवै पार्टीका तर्फबाट बेग्लाबेग्लै खालका अभिव्यक्ति आए, आपसी खटपट र टुटफुटको सन्देशसहित । राप्रपा नेपालका अध्यक्ष थापाले त पत्रकार सम्मेलन नै गरेर भने, ‘अब राप्रपा एकीकरणको अध्याय सकियो ।’ थापाबाट यस्तो अभिव्यक्ति आउनुलाई राणाकै अघिल्लो दिन सोमबार साँझको विज्ञप्तिले सघाएको थियो । जहाँ विधानको प्रश्न उठाई राणाले घोषणासभामा राप्रपा सम्बद्ध नेता–कार्यकर्तालाई सहभागी नहुन उर्दी जारी गरेका थिए । त्यसलगत्तैका घटनाक्रमले पार्टी एकीकरण घोषणा तुहिएको हो । कसरी भयो भंग ? नाम राप्रपा र झन्डा राप्रपा नेपालको राख्नेलगायतका सहमतिसहित जोडिन ठीक परेका बेला सोमबार बिहान राणाले थापालाई जरुरी भन्दै महाराजगन्जस्थित आफ्नो निवास बोलाएका थिए । उनीहरूबीच वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने, नहुनेबारे एकीकरणपछि मात्र निर्णय गर्ने सहमति बनेको थियो । ‘तर, मलाई बोलाएर पशुपतिजीले आफ्नो पार्टीका तर्फबाट मन्त्रीका लागि २ जना नाम पठाउनैपर्ने बाध्यता पर्‍यो भन्नुभयो । म त आश्चर्यचकित परें,’ पहिले भएको सहमति बाहिर गई जबराले त्यस्तो प्रस्ताव ल्याएको दाबी गर्दै उनले मंगलबार दिउँसो पत्रकारमाझ भने, ‘मैले हुँदैन भनें । उहाँले मलाई बाध्यता छ भनी दोहोर्‍याउनुभयो । अनि मैले तपाईंका लागि सत्ता कि पार्टी एकता एक छान्नुपर्ने अवस्था छ भनें ।’ राणासित कुनै समझदारी नभई थापा बाहिरिएका थिए । राणाले सोही दिन दिउँसो विज्ञप्ति निकाली पार्टीभित्र विधानबारे विवाद मिलिनसकेकाले घोषणासभालाई अस्वीकार गरेका थिए । लगत्तै राप्रपाका तर्फबाट २ जना सांसद दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री चयन गरियो । दुवै जनाले सोमबार साँझ नै मन्त्रीको शपथ लिई वर्तमान मन्त्रिपरिषद्मा प्रवेश गरे । यो घटनाले नै दुई पार्टी एकीकरणलाई रोकेको थियो । संसद्मा २५ सांसद सदस्यसहित चौथो शक्ति राप्रपा नेपाल र १२ सदस्यको राप्रपाको एकीकरण पहल केही महिनादेखि बाक्लिँदै आएको थियो । दुवै पार्टीले वार्ता समिति बनाई एकीकरणका खाकासहित अवधारणापत्र बनाएका थिए । जहाँ एकीकृत भएको पार्टीमा दुई अध्यक्ष हुने नौलो व्यवस्था प्रस्ताव थियो । राप्रपा नेपालको अध्यक्ष पार्टी अध्यक्ष हुने र राप्रपाको अध्यक्ष राष्ट्रिय अध्यक्ष हुने अवधारणापत्रलाई दुवै पार्टीको केन्द्रीय समितिले पारित गरेपछि एकीकरणलाई नजिक तुल्याएको पनि थियो । एउटै पार्टी बनेपछि बस्ने कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुनेरनहुने निर्णय गर्ने टुंगोसमेत लागेको थियो । त्यही सहमति तोडेका कारण अब एकीकरण नै हुन नसक्ने निष्कर्ष राप्रपा नेपालले निकालेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending