Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कुन प्रदेशबाट कति सांसद ?

\"7-pardes2-660x330-750\" काठमाडौं, २६ साउन । निर्वाचन आयोगले मस्यौदा गरेको प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सात प्रदेशमा पाँच सय ५० सांसद हुने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनेछन् । आयोगले यो मस्यौदाबारे सरोकारवाला पक्षस“ग बुधबार छलफल गर्दै छ । प्रत्यक्ष निर्वाचित – ३३० प्रदेश सभामाबाट ३ सय ३० सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । संविधानको धारा १७६ को उपधारा ९१० को खण्ड ९क० मा प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद्को दोब्बर सदस्य प्रदेशसभामा हुने उल्लेख छ । संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १६५ सांसद निर्वाचित हुनेछन् । प्रदेश १ बाट ५६, २ बाट ६४, ३ बाट ६६, ४ बाट ३४, ५ बाट ५४, ६ बाट २४ र ७ बाट ३२ सांसद प्रदेश सभाका लागि निर्वाचित हुने निर्वाचन आयोगको प्रस्ताव छ । समानुपातिक – २२० संविधानको धारा १७६ अनुसार समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रदेश सभामा दुई सय २० सांसद निर्वाचित हुनेछन् । निर्वाचन आयोगको प्रस्तावित मस्यौदाअनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २३, प्रदेश ५ मा ३६, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । समानुपातिकमा थ्रेसहोल्ड प्रतिनिधिसभा सदस्य र प्रदेश सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका दुवै मस्यौदाको दफा ६ मा थ्रेसहोल्डको मापदण्ड तोकिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको कम्तीमा १।५ प्रतिशत मत प्राप्त नगर्ने दलको उम्मेदवार निर्वाचित नहुने व्यवस्था विधेयकमा गरिएको छ । निर्वाचन आयोगको खाका नेपालको संविधान २०७२ ले ७ प्रादेशिक सभाका लागि पाँच सय ५० सांसदको व्यवस्था गरेको छ, त्यसमध्ये तीन सय ३० प्रत्यक्ष निर्वाचित सांसद कुन प्रदेशबाट कति मात्रामा निर्वाचित हुनेछन् भन्ने खाका निर्वाचन आयोगले पहिलोपटक तयार गरेको छ । प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित हुने सांसद संख्याको आधा अर्थात् १६५ प्रत्यक्ष रूपमा केन्द्रका लागि निर्वाचित हुनेछन् । यसअनुसार आगामी प्रदेश र प्रतिनिधिसभाको अनुमानित रूप यस्तो हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending