Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

देउवाले खुट्टा पसार्दा रामचन्द्र भाउन्न

\"Deuwa-&-Poudel\"काठमाडौं, २५ साउन । राजनीतिमा नैतिकता हुँदैन भन्ने जनसाधारण बोलीमात्र होइन, व्यवाहारमा पनि देखियो यो पल्ट । एमाले अध्यक्ष केपी ओलीको सरकार ढाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन सफल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको यस्तै चर्तिकलाले अहिले चर्चा पाइरहेको छ । आजको जनप्रहार साप्ताहिकमा खबर छ –मंगलबार राजधानीको भृकुटीमण्डपमा देउवाले अजिको चर्तिकला देखाए । ९ महिनापछि प्रधानमन्त्रीको सम्झौता गरेका, संसदको ठूलो दलका नेताको बस्ने चर्तिकला फरक थियो । सवै पलेटी कसेर बसेका बेला देउवा भने सयौं कार्यकर्ताका माझ खुट्टा पसारेर बसेका थिए । खुट्टा लम्पसार पारेर बसेका देउवाको शैली देखेर भाउन्न भएका राचन्द्रले छेउमा रहेका नेताहरुसँग पनि उनको तमिजको बारेमा कानेखुसी गरेको बुझिएको छ । ‘नेपाली समाजमा खुट्टा पसारेर बसेकी बुहारीको भयानक आलोचना हुन्छ । तर, सार्वजनिक कार्यक्रममा खुट्टा पसार्ने नेताको पनि आलोचना भइरहेको थियो ।’, सहभागी एकले भने,‘सभापति भयो भन्दैमा नैतिकता गुमाउने काम त गर्न भएन नि ?’ यता, मतदाता नामावलीको विषयमा गणेश सापकोटा र अर्का नेवि संघका कार्यकर्ता आमरण अनशनमा बसीरहेका बेला देउवाको यस्तो बसाईसहित नेवि संघको महाधिवेशनको औपचारिक सुरुआत भइसकेको छ । एक दशक पछि १२ औं महाधिवेशनमा प्रवेश गरेको नेवि संघको नेतृत्वका लागि अहिले हानाथाप भइरहेको छ । यद्यपि गुटले भरिभराउ भएको कांग्रेसको तीन खेमाका उम्मेदबारको नाम तय भइसकेको छ । नैनसिंह महर देउवा पक्षका अध्यक्षको उम्मेदवार तय भएका छन् । संस्थापन पक्षबाट महर सहित जितजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की, सरोज यादव लगायतले अध्यक्षमा दाबी गरेका थिए । यी मध्ये जितजंगलाई पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ । बस्नेतले भने नेविसंघ अध्यक्ष नै हुन्छु भन्दै नेताहरुको आश्वासन अस्वीकार गरिरहेकाले आधिकारिक उम्मेदवारको औपचारिक घोषणा हुन नसकेको बताइएको छ । महर देउवाको गृहजिल्ला डडेलधुराका हुन् । उनलाई आरजु देउवा, विमलेन्द्र निधि लगायतका नेताहरुको दह्रो साथ थियो । नेविसंघको पूर्व उपाध्यक्ष रहेका महर किताब लेखेर नेविसंघमा बौद्धिक छवी बनाएका नेता हुन् । उनको प्यानलबाट सरोज थापा, रत्न कार्की लगायतलाई अन्य पदमा मिलाउने तयारी भइरहेको छ । त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणी आचार्यको टुंगो लागेको छ । नेविसंघका पूर्व महामन्त्री आचार्य रोल्पाबाट कठिन समयमा राजनीति गर्दै अघि बढेका नेता हुन् । माओवादी युद्धकालमा पनि कांग्रेसको राजनीति सक्रियताका साथ निभाएका आचार्य शालिन स्वभावका मात्र होइन, राजनीतिक वृत्तमा पनि भद्र मानिन्छन् । पौडेल पक्षबाट अध्यक्ष दाबी गरेका आनन्द त्रिपाठी र दिपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्री उम्मेदवार हुन् । उता कांग्रेसभित्र तेस्रो धारका रुपमा स्थापित हुँदै गरेको कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काफ्लेलाई अघि सारिएको छ । उनलाई नेविसंघका पूर्व नेताहरु गगन थापा र प्रदिप पौडेलले समर्थन गरेका छन् । महाधिवेशन प्रतिनिधिमा देउवा पक्ष र पौडेल पक्षले भागबण्डा गरेको भन्दै काफ्ले पक्षले विरोध र अनसन समेत गरेका थिए । काफ्लेलाई महामन्त्रीमा मनाएर एउटै प्यानल बनाउने प्रयास देउवा पक्षले गरिरहेको स्रोतले जनाएको छ । अधिकांश नेवि संघ कार्यकर्ताले भने गुटभन्दा पनि विद्यार्थी राजनीतिलाई हेरेर भोट दिने मनसाय बनाएका छन् । आचार्यलाई बहुसंख्यक विद्यार्थीले रुचाउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending