Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कसरी पर्यो हेलिकप्टर दुर्घटनामा ?

\"ranjan_pailot काठमाडौं, २५ साउन । मदानपुर ९ पाखुरे गाउँको बेतिनीको भीरमा सोमबार दिउँसो फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको ज्यान गएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – दिउँसो १२ बजेर ३२ मिनेटको समयमा फिस्टेलको नाइन एन एकेए कलसाइनको हेलिकप्टर दुर्घटना परेको हो । दुर्घटनास्थल विदुरदेखि ४० किलोमिटर पूर्वमा पर्छ । उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल ९१ माइल बराबर १।६ किमि० अर्थात १६ किलोमिटर उत्तरपश्चिमको नुवाकोटे आकाशमा थियो । करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो । तर दुर्भाग्य, निजी क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो । ६१ वर्षअघि सुरु नेपाली उड्डयन इतिहासमा यो १०३ औं हवाई दुर्घटनामा यो लेखिन पुगेको छ । नागरिक उड्डयनका अनुसार त्यसमध्ये हालसम्म ९८ वटा आन्तरिक उडानमा रहेका जहाज नै दुर्घटनामा परेका छन्, जसमा सोमबार दुर्घटनामा परेको फिस्टेलको युरोकोप्टर बीटू ३२ औं हेलिकप्टर दुर्घटनाको सूचीमा परेको छ । काठमाडौंदेखि ३५ माइल (५६ किलोमिटर) हवाई दूरीमा पर्ने गोरखाको फिलिम पुग्न हेलिकप्टरले २० देखि २५ मिनेट समय लगाउँछन् । सोमबार बिहान क्याप्टेन रञ्जन लिम्बूले नै यो हेलिकप्टरलाई रसुवाको धुन्चे लगेका थिए । फिस्टेलका अर्का हेलिकप्टर पाइलट आशिष शेरचनका अनुसार त्यहाँबाट फर्केपछि लिम्बू साढे १० बजे फिलिमतर्फ उडेका थिए । १२ बजेतिर फिलिमबाट फर्केका उनले उडेको केही बेरपछि काठमाडौं टावरसँगै रहेको एप्रोच टावरलाई काठमाडौंबाट २५ माइल पर छु भनी लोकेसन टिपाएका थिए । विमानस्थलका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार त्यसपछि उनले १५ माइल अनि १० माइलबाट आफ्नो अवस्था र उचाइबारे जानकारी गराएका थिए । १० माइलमा पुग्दा १२ बजेर २७ मिनेट गएको थियो । उड्डयन नियमअनुसार, १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् । उनले कल गरेको ५ मिनेटपछि २७ वर्षीय क्याप्टेन रञ्जन लिम्बूले आफू काठमाडौंबाट १० माइलमै भएको र ५ हजार ५ सय फिट उचाइमा रहेको बताएका थिए । क्याप्टेन लिम्बू र एटीसी पौडेलबीच यो संवाद हुँदा १२ बजेर ३२ मिनेट भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending