Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कुन–कुन मन्त्रालय कुन पार्टीलाई ?

\"deuba-prachanda\"काठमाडौं, २३ साउन । कांग्रेसले गृह, रक्षा, परराष्ट्रसहित १३ मन्त्रालय लिएको छ । स्थानीय विकास मन्त्रालय कसले लिने भन्नेमा लामो समय कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ – आसन्न स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै दुवै पार्टीले स्थानीय विकास मन्त्रालयमा अडान राखेका थिए । कांग्रेसलाई परराष्ट्र दिने गरी स्थानीय विकास मन्त्रालय माओवादीले राख्न पुगेको छ । कांग्रेसको भागमा परेका मन्त्रालयमा गृह, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, सामान्य प्रशासन, सहरी विकास, शान्ति तथा पुनर्निर्माण, वन, श्रम, सिँचाइ, खानेपानी तथा सरसफाइ छन् । शिक्षा र स्वास्थ्य मन्त्रालय माओवादी र कांग्रेसमध्ये कसले पाउने भन्नेमा अझै टुंगिएको छैन । कांग्रेसले स्वास्थ्यभन्दा शिक्षा लिन चाहेको छ । माओवादीले पनि स्वास्थ्य छाडेर शिक्षामा अडान राखेको छ । माओवादीले अर्थ, सूचना तथा सञ्चारसहित ८ मन्त्रालय लिएको छ । यसमा अर्थ, स्थानीय, ऊर्जा, सञ्चार, कानुन, कृषि, युवा तथा खेलकुद छन् । कांग्रेस र माओवादीले सत्ता गठबन्धनका सहयोगी दललाई उद्योग, वाणिज्य, आपूर्ति, महिला, जनसंख्या तथा वातावरण, विज्ञान तथा प्रविधि, सहकारी तथा गरिबी निवारण, पशुपन्छी मन्त्रालय दिने भएका छन् । गृहमन्त्री विमलेन्द्र निधिका अनुसार पशुपन्छी मन्त्रालयलाई कृषिमा र वाणिज्य मन्त्रालयलाई आपूर्तिमा गाभ्ने तयारी भएको छ । दुई मन्त्रालय गाभिएपछि मन्त्रालयको संख्या २८ हुनेछ । तीमध्ये कांग्रेस र माओवादीको भागबन्डामा परेका बाहेकका ८ मन्त्रालय राप्रपा र अन्य साना दलका लागि दिने समझदारी दुई दलले गरेका छन् । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएपछि उनीहरूका लागि मन्त्रालय नछुट्याइएको हो । कांग्रेस नेता निधिले सरकारमा आउने भएमा कांग्रेस, माओवादी र साना दलका मन्त्रालय संख्या घटाउन समस्या नहुने बताए । ‘मधेसको समस्या समाधानका लागि मन्त्रालय ठूलो कुरा होइन, कांग्रेस र माओवादीले केही संख्या घटाएर पनि छुट्याउन सकिन्छ, यसमा समस्या छैन,’ निधिले भने, ‘तत्काल सरकारमा नआउने भएपछि मन्त्रालय खाली राखिँदैन भनेर जानकारी दिइसकेका छौं ।’ माओवादीले भने कांग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशनका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको दाबी गरेको छ । आइतबारदेखि हुने नेविसंघ महाधिवेशनमा उम्मेदवार चयनका कारण पार्टी नेतृत्व नै विभाजित हुन सक्ने भएकाले सभापति शेरबहादुर देउवाले एक साता मन्त्रिपरिषद् विस्तार रोक्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेकाले ढिलाइ भएको माओवादी नेताले कान्तिपुरलाई बताए । ‘एकै साताको कुरा हो, ढिलाइ गर्ने कुरा छैन भनी देउवाजीले नै भनेपछि हामीले आफ्नो तर्फबाट छुट्याएका मन्त्रीको नामबारे छलफल पनि रोकेका हौं, नत्र प्रधानमन्त्रीज्यूको शपथग्रहणकै दिन अरू मन्त्रीको नाम पनि जाने थियो,’ ती नेताले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending