Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबीच सघन छलफल सुरु भएको छ। निर्वाचनको मुखमै कम्युनिस्ट शक्तिमाथि घेराबन्दी भइरहेको निष्कर्ष निकाल्दै दुवै पार्टी एकता वा कम्तीमा चुनावी सहकार्यतर्फ अघि बढेको स्रोतको दाबी छ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० घटक मिलेर नेकपा गठन भएपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी भने एकता प्रक्रियाबाट बाहिरिएको थियो। त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा विप्लवले पार्टीको नाम परिवर्तन गरी जनयुद्धकालीन नाम ‘माओवादी’ राखेका थिए।

तर निर्वाचनमार्फत नेपालमा कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने, घेराबन्दी गर्ने र अन्ततः सखाप पार्ने षड्यन्त्र भइरहेको निष्कर्षसहित यी दुई पार्टी फेरि नजिकिएको स्रोत बताउँछ। माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता हुने समयअगावै ‘ब्रेकथ्रु’ निकाल्ने गरी दुवै पार्टीका शीर्ष नेताहरू सक्रिय रहेको बुझिएको छ।

‘नेकपा माओवादीसँग एकता वा सहकार्य गर्ने विषयमा छलफल निकै सकारात्मक रूपमा अगाडि बढेको छ,’ स्रोतले भन्यो, ‘केही दिनदेखि निरन्तर छलफल भइरहेको छ। कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने चौतर्फी प्रयास भइरहेका छन्। समय र वस्तुनिष्ठ आवश्यकताले पनि सबै वामपन्थी, समाजवादी र कम्युनिस्ट घटक एक ठाउँमा आउनुपर्ने बाध्यता देखिएको छ। केही दिनमै सकारात्मक परिणाम निस्कने अपेक्षा छ।’

विप्लव काठमाडौंमै, प्रचण्डनिकट प्रतिनिधि वार्तामा

समानुपातिक बन्दसूची मिलाउने प्रयोजनका लागि माओवादीका महासचिव विप्लवलगायत शीर्ष नेताहरू हाल काठमाडौंमै रहेका छन्। माओवादीतर्फबाट विप्लव स्वयं वार्तामा अग्रसर छन् भने नेकपातर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र प्रतिनिधि खटाइएको बुझिएको छ।

केही दिनअघि विप्लव र नेकपाका नेता कृष्णबहादुर महराबीच खुमलटारमा छलफल भएको थियो। महराकै पहलमा विप्लव २०७९ सालमा समाजवादी मोर्चामा सहभागी भएका थिए। यद्यपि तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति नजिक पुगेर पनि प्रचण्डकै कारण सफल नभएको आरोप विप्लवले यसअघि लगाउँदै आएका थिए।

मोर्चाका संयोजकसमेत रहेका विप्लव नेकपा गठनपछि अलग भएका थिए। तर उनका सचिवालयले महरासँगको भेटलाई गुरु–चेलाको सम्बन्धअनुसार स्वाभाविक भेटघाटको रूपमा व्याख्या गरेको छ।

‘केही दिनअघि हाम्रा महासचिव महरासरको निवासमा भेट भएको हो। तर पार्टी एकताको विषयमा औपचारिक छलफल भएको छैन,’ विप्लवको सचिवालयले भन्यो, ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न षड्यन्त्र गरिरहेका छन्। यस्तो अवस्थामा सबै वामपन्थी र कम्युनिस्ट घटकबीच सहकार्य र मोर्चाबन्दी बनाएर जानुपर्ने विषयमा सामान्य छलफल भएको हो। एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा हाम्रो विमति छैन।’

माओवादी पक्षले पनि छलफल स्वीकार्यो

माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले नेकपासँग चुनावी तालमेल, सहकार्य र एकताका विषयमा छलफल भएको स्वीकार गरेका छन्। तर छलफल अझै कुनै ठोस निष्कर्षमा नपुगेको उनको भनाइ छ।

‘हामी सबै वामपन्थी र कम्युनिस्ट घटक एक भएर जाने पक्षमा छौँ,’ उनले भने, ‘सकेसम्म आगामी निर्वाचनमा सहकार्य र तालमेल गरेर जानेबारे छलफल भइरहेको छ। सहमति नजुटे हामी आफ्नै हिसाबले अघि बढ्छौँ।’

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

पुस १३ गते नेकपाका संयोजक प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई–तीन वटा दलसँग पार्टी एकताका लागि कम्मर कसेर लागेको बताएका थिए। भोलिपल्ट रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकता सहमतिमा हस्ताक्षरसमेत भएको थियो।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समय दिएको छ। यही अवधिमा सकेसम्म पार्टी एकता गर्ने वा नसकिए चुनावी सहकार्य गरेर जाने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिने समय माघ ६ गते तोकेको छ। कालीकोटबाट नेकपाले प्रचण्डको एकल नाम सिफारिस गरेर पठाउनुको उद्देश्य पनि दुई पार्टीबीच सहमति भएमा चुनावी तालमेल सहज बनाउने गरी ‘होल्ड’ गरिएको चर्चा छ।

कालीकोट माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको जिल्ला हो। यसै सन्दर्भमा कर्णालीका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर शाहीले विप्लव एकता प्रक्रियामा आए आफू त्याग गर्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

रोशी खोलामा बाढी पस्दा बिपी राजमार्ग अवरुद्ध

काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...

ढोरपाटनमा भारी हिमपात

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...

आज देशभर अधिकांश बादल लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: