Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कांग्रेसभित्र असन्तुष्टि बढ्दै : बिच्किए पौडेलदेखि खड्कासम्म

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\"काठमाडौं, २३ साउन । नेता खुमबहादुर खड्काले १३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई नजिकबाट सहयोग गरे । देउवा जित्दा उपसभापति दिने सहमतिमा सहयोग गरेको खड्का पक्षले बताउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तर, देउवा निर्वाचित भएको चार महिना वितिसक्दा पनि उपसभापतिमा मनोनीत नगरेको भन्दै खड्का असन्तुष्ट भएका छन् । नेता व्यवस्थापनका लागि देउवाले भातृ संस्थाको अधिवेशनपछि दसैंतिर मात्र पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी गरेको भन्दै खड्का पक्ष थप असन्तुष्ट भनेको छन् । पौडेल सुरुदेखि नै असन्तुष्ट सभापति र संसदीय दलको नेतामा देउवासँग पराजित नेता रामचन्द्र पौडेल संस्थापनसँग सुरुदेखि नै असन्तुष्ट छन् । दुई महिनामा गर्नुपर्ने पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठन नगरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । शेखर पनि बिच्किए गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले पार्टी नेतृत्व गर्दा देउवा सधैं विपक्षमा रहे । तर, फरक समूहका भएपनि डा. शेखर काइरालासँग १३ ओं महाधिवेशनदेखि देउवाको सम्बन्ध सुमधुर बन्दै गएको थियो । उनले शेखरलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने वचन पनि दिएका थिए । तर अन्तिममा अरु मन्त्रालय रोज्न भनेपछि शेखर पनि बिच्किएका छन् । गुट फेरेका केसी पनि असन्तुष्ट महाधिवेशनका बेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केही सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन् । आफूले राजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेनन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending