Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

रोकिएन बाढी र पहिरोको विपत्ति

\"badi-3-660x330-750\"काठमाडौं, १३ साउन । सोमबार साँझदेखि परिरहेको अविरल वर्षापछि आएको बाढी र पहिरोले राप्ती अञ्चलमा बुधबार ११ को मृत्यु भएको छ भने चार बेपत्ता छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – बुधबार बिहान प्युठानको फोप्ली–४ अँधेरीमा पहिरोले घर पुरिएर सातको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्णबहादुर केसी, उनकी श्रीमती पवित्रा र नारायण केसी छन् । सोही पहिरोमा परी माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य हरिबहादुर केसी, उनकी श्रीमती बिन्दु, अर्का स्थानीय जागेश्वर बुढाथोकी र उनकी श्रीमती पिमाको पनि मृत्यु भएको छ । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनीहरूको शव पहिरोले बगाएको थियो । प्रहरीले दिउँसो मात्र शव फेला पारेको थियो । पहिरोले फोप्ली गाविस सबैभन्दा बढी प्रभावित भएको छ र त्यहाँका स्थानीयलाई खाना र बसोवासको समस्या परेपछि नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । प्युठानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । अरू २६ जना बेपत्ता छन् । जिल्लाको अधिकांश स्थानमा पहिरो गएका कारण उद्धारकार्य प्रभावकारी र तीव्र हुन नसकेको प्रहरीले जनाएको छ । अहिले उद्धारमा सबै शक्ति लगाइएकाले क्षतिको यकिन विवरण नआएको डिएसपी राठौरले जानकारी दिए । राप्ती नदीमा चारको शव फेला दाङ – दाङस्थित राप्ती नदी किनारमा बुधबार बिहान चारवटा शव फेला परेका छन् । दुई महिला र दुई पुरुषको शव फेला परेको दाङका प्रहरी प्रमुख एवं एसपी धीरजप्रताप सिंहले जानकारी दिए । एसपी सिंहका अनुसार राप्तीको वहाव कम भएपछि बुधबार बिहान सतबरिया–५ बगरापुरमा ती शव फेला परेका हुन् । उनले ती शव पहाडी जिल्ला प्युठानबाट राप्ती नदीले बगाएर ल्याएको हुन सक्ने बताए । ‘जिल्लामा कोही पनि मरेको वा बगेको खबर छैन,’ उनले भने, ‘प्युठानमा धेरै बेपता भएको खबर आएकाले उतैबाट आएको हुनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending