कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको दाबी गरेको छ ।
कङ्गो सरकारले विज्ञप्तिमा, प्रान्तका धेरै क्षेत्रहरूमा, विशेष गरी कामान्योला–उभिरा अक्षमा हिंसा बढेको बताएको छ, जहाँ सशस्त्र कारबाहीले ठूलो मात्रामा विस्थापन निम्त्याएको छ । यसैबीच, निरन्तर असुरक्षाको बीचमा पाँच लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।
सरकारले हिसां बिस्तारै दक्षिणतिर सरेको उल्लेख गर्दै दक्षिण किभुका उभिरा, फिजी र म्वेङ्गासहित धेरै क्षेत्रहरूलाई असर गरेको जनाएको छ ।
अधिकारीहरूले विद्यमान प्रतिबद्धता र अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै यस क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूलाई बढ्दो अवस्थाको श्रेय दिएका छन् ।
सरकारले राष्ट्रव्यापी रूपमा राज्यको अधिकार पुनस्र्थापित गर्ने र कूटनीतिक र न्यायिक प्रयासहरु मार्फत जिम्मेवारहरूका लागि जवाफदेहिता खोज्ने आफ्नो दृढतालाई देखाएको छ ।
पूर्वी डीआरसीले दशकौँको अस्थिरताको सामना गरेको छ, जुन अवस्था सन् २०२१ को अन्त्यमा मार्च २३ को आन्दोलन विद्रोही समूहको पुनरुत्थानपछि अझ बिग्रिएको छ । किन्शासाले बारम्बार छिमेकी रुवान्डालाई विद्रोही समूहलाई समर्थन गरेको आरोप लगाएको छ भने किगालीले आरोपलाई अस्वीकार गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...
पौष १७ गते, २०८२ - १८:२६
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...
पौष १७ गते, २०८२ - १८:२५
ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...
पौष १७ गते, २०८२ - १८:२२
वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसला...
पौष १७ गते, २०८२ - १८:१९
स्विट्जरल्यान्ड । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीब...
पौष १७ गते, २०८२ - १८:१८
मस्को । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ...




प्रतिकृया लेख्नुहोस्: