Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कठिनाइ आइरहे अनशनमा उत्रिने महाबीर पुनको चेतावनी

\"mahabir काठमाडौं, ११ साउन । सामाजिक अभियन्ता महावीर पुन बिहीबार दिउँसोसम्म पोखरामा थिए, लाइन्स क्लबका स्वयंसेवीमाझ । बेलुका ठमेलस्थित नेपाल कनेक्सन सेन्टरमा भेट गर्न पुग्दा भिन्न विचाररदृष्टि लिएर परामर्शमा आएका युवायुवतीमाझ उनी थिए । आजको कान्तिपुर दैनिकमा खबर छ – ‘मैले फेसबुकमार्फत राष्ट्र निर्माण संकल्पको एउटा योजना बाहिर ल्याएको मात्रै थिएँ,’ झोला बिसाउँदै पुनले सुनाए, ‘नेपाल सरकारको ढोका कुर्न छाडेर देशप्रेमी नेपालीको ढोकामा पुग्दा पाएको प्रतिक्रिया साँच्चिकै उत्साहप्रद छ ।’ फेसबुक माध्यमबाट पुनले थालेको ‘स्वैच्छिक महादान’ अभियानमा दुई सातामै ५० लाख रुपैयाँ उठिसकेको छ । नेपाली जनशक्ति र साधनस्रोत जुटाएर राष्ट्रलाई आवश्यक प्रविधि देशभित्रै निर्माण गर्न तथा राष्ट्र विकासको बृहत् अभियानमा लाग्न पुनले ४ वर्षअघि स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र अहिले चर्चामा छ । राज्यले नानाथरीका संघसंस्था र ‘भक्ति–केन्द्र’लाई करोडौं रुपैयाँ बाँडिरहेका बेला पुनजस्ता अभियन्ता भने निरन्तर ‘आश्वासन’मै झुलिरहनुपरेको छ । पुन आफैं भने कुनै प्रतिस्पर्धा वा तुलना गर्न चाहिरहेका छैनन् । म्याग्दीको नागी गाउँमा जन्मे–हुर्केका ६० वर्षे महावीर आफूले थालेको वायरलेस नेटवर्किङ प्रोजेक्ट वा नागी कनेक्सनजस्ता अभियानलाई अहिले ‘खुद्रामसिना काम’ भन्न थालेका छन् । ‘सिंगो देशकै लागि उपयोगी हुने गरी विज्ञान–प्रविधिको उपलब्धि देखाउन नसकुन्जेल राष्ट्रिय आविष्कार केन्द्रको कुनै अर्थ रहन्न,’ उनले भने, ‘आम संस्थाजस्तै होर्डिङबोर्ड मात्रै झुन्ड्याएर बस्नुको अर्थ छैन ।’ रोमन म्यागासेसे पुरस्कार विजेता तथा ‘अशोका फेलो’ पुनले म्याग्दी र पर्वतका गाउँघरमा ताररहित प्रविधिबाट टेलि–मेडिसिन, इको–टुरिजमका क्षेत्रमा ल्याएको परिवर्तन देश–दुनियाँका लागि सिकोको विषय बनेको छ । ‘मैले अबको चरणमा सिर्जनशील व्यक्तिलाई सहयोग गर्ने र नयाँनयाँ आविष्कार पहिल्याएर आवश्यकताअनुसारका चिजबिज उत्पादन गर्न खोजेको मात्रै हो,’ पुनले भने, ‘तत्कालै रकेट, हवाइजहाज बनाउन भनेर लागिपरेको होइन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending