Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

बोरिङकै कारण भासियो जमिन

खबरडबली संवाददाता

काठमाडौं  । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ ।  

खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताए । उनले भने, “भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमिनभित्र नयाँ भ्वाङ पार्ने र त्यहाँ भएका पुराना भ्वाङहरूलाई ठुलो पार्छ । गैरीगाउँमा जमिन भासिएको घटना पनि यस्तै नै हो ।”

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा भूगर्भशास्त्री र भूभौतिकशास्त्री कृष्ण पाण्डे तथा जलभूगर्भशास्त्रीको जिम्मेवारीमा अनुभव हासिल गरेका विभागका सहायक भूगर्भविद् मणि खनाल र जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापाको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । 

भूगर्भविद् डा। अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सलामा तयार पारेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन, अलग अलग वर्षका भूउपग्रहका तस्बिर र शोधमा आधारित रहेका लेखका अध्ययनका आधारमा प्रतिवेदन बनाइएको हो । 

कसरी भासियो जमिन ?

हेटौँडा उपमहानगरपालिका वडा नं.१६ र १७ को सीमास्थित गैरीगाउँस्थित सडकमा कुदिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी भासिएको हो । चालक हरेराम राई र सहचालकले गाडीबाट निस्किएर जोगिए पनि गाडी खाल्डोबाट निकाल्न सम्भव भएन ।  वैशाख २१ गते मात्रै खानी तथा भूगर्भ विभागलाई जानकारी दिइयो । कमजोर जमिनमा भासिएको गाडी निकाल्ने प्रयासमा मात्रै स्थानीय तह, गाडीधनी र स्थानीयवासी केन्द्रित भए तर विभागले जमिन भासिएको क्षेत्रको भित्री संरचना कमजोर रहेकाले गाडी निकाल्दा हुन सक्ने क्षतिबारे गम्भीर हुन आग्रह गरेको छ । 

भूगर्भविद् डा. अधिकारीले प्रारम्भिक अध्ययनका आधारमा गैरीगाउँको सिङ्कहोलको केन्द्र भागमा कम्तीमा ११ मिटर गहिरो देखिएको जानकारी दिए । उनले भने, “यसरी जमिन भासिँदा करिब तीन मिटर जतिको ठाडो स्कार्प बनेको प्रस्टै देखिन्छ ।”

उहाँका अनुसार जमिन भासिएको स्थानमा करिब पाँच वर्षअघि बोरिङ खनिएको र बोरिङबाट सङ्लो पानी नआएको, कहिले कालोमाटो र कहिले धमिलो माटो मिसिएको पानी आएको जानकारी बोरिङ सञ्चालकले दिएका छन् । उनले जमिन भासिएको ठाउँमा खनिएको बोरिङ पनि अहिले भत्किएको र सिङ्कहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी आइरहेको जानकारी दिए । 

उनले भने, “सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै जाने, जमिन निरन्तर भासिने र कहिलेकाहीँ सतहमा चिरा पर्दै जान्छ । यही भ्वाङ ठुलो हुँदै जाँदा जमिनमुनिको भागले माथिको लोड धान्न सक्दैन । त्यसैले जमिन भासिन्छ । यस्ता सिङ्कहोल निर्माण हुन्छन् । गैरीगाउँको क्षेत्रमा भएको घटना पनि यस्तै प्रकृतिको हो ।”

विभागको अध्ययन टोली प्रमुख भूगर्भविद् अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सालमै इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन तयार पारिएको र जमिन भासिएपछि उक्त प्रतिवेदन पनि अध्ययन गरिएको छ । उनले अध्ययनमा कर्रा खोला उपत्यका वरिपरि देखिएका माटो तहहरू अवलोकन गरिएको, सतहमुनिको माटोको प्रकार र प्रकृति बुझ्नका लागि ‘पावर अगर’ प्रयोग गरिएको र डुबेको सवारीसाधनको स्थान निर्धारण गर्न ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रयोग गरिएको बताए ।

हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले सुरुमा गाडी निकाल्न कोसिस गरिए पनि खानी तथा भूगर्भ विभागको अध्ययन टोली आएर अध्ययन अघि बढाएपछि उक्त क्षेत्रलाई सिलबन्दी गरिएको बताए । उनले भने, “जमिन भासिएको ठाउँलाई सिलबन्दी गरेर सुरक्षाकर्मीद्वारा निगरानी गराइएको छ । मैले स्थलगत निरीक्षण गरेकी छु । जग्गा व्यक्तिकै हो तर विभागको सुझाव अनुसारै त्यहाँ के गर्ने भन्ने निर्णय हुन्छ । अरू घरहरू जोखिममा नपरून् भनेर सचेतता अपनाइने छ ।” याे समाचार गाेरखापत्र दैनिकबाट साभार गरिएकाे हाे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending