Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कोसी व्यारेज भत्काउने आइएसको धम्की : भारत सन्त्रासमा, सुरक्षा समितिको आपतकालीन बैठक

\"kosi इटहरी, ११ साउन । अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) ले सप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ । भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन् । यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजमा सशस्त्र र नेपाल प्रहरीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक तथा क्षेत्रीय सुरक्षा समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको पूर्वाञ्चल कार्यालयमा बसेको बैठकले आइएसले कोसी ब्यारेज भत्काउने धम्कीलाई मध्यनजर गर्दै भारतले माग गरे अनुसारको सुरक्षा व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार कोसी ब्यारेजमा सोमबारबाटै शसस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताएका छन् । भारतिय गुप्तचर संस्था ‘र’ ले आयएसले कोसी ब्यारेजमा आक्रमण गरी भतकाउन लागेको सूचना पाएपछि भारतीय संचारमाध्यमले समेत कोसी ब्यारेजमा आईएसले आक्रमण गर्न लागेको समाचार प्रकाशित गरेका छन् । भारतीय संचार माध्यममा कोसी ब्यारेज भत्काउने धम्की दिएको समाचार बाहिर आएपछि भारतको वीरपुर जिल्लाका डिएमले लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई पत्र लेखेर कोसी ब्यारेजको सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेका छन् । सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आईसले कोसी ब्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेपछी कोसी ब्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको पूर्वाञ्चलका क्षेत्रिय प्रशासक आचार्यले बताए । आइएसले कोशी ब्यारेज भत्काउने धम्की दिएपछी भारत सरकारले समेत विहार राज्यको हररिया र सुपौल जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय पत्रकार राजिव कुमारले जानकारी दिएका छन् । उनका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले कोसी ब्यारेज आसपासको भारतीय भूमि विरपुर र भिमनगर क्षेत्रमा कडा सुरक्षा दिएका छन् । भारतले कोसी ब्यारेजको सुरक्षा गर्न आग्रह गरेपछी कोसी ब्यारेजको सप्तरी र सुनसरीको दुबै तर्फ सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएका छन् । आइएसले के कारणले कोशी ब्यारेजमा आक्रमण गर्न लागेको भन्ने विषयमा भारत पक्षले स्पष्ट रुपमा भने खुलाएको छैन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending