Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चीनले भन्यो, लुम्बिनीसम्मै रेल पुर्‍याउन प्रतिवद्ध छु

\"rail काठमाडौं । चीनले छिङ्हाई– सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग विस्तार गर्न आफू प्रतिवद्ध रहेको जनाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ –चीनमा सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङगुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्धिपक्षीय सहमतिअनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री रावलले जनस्तरको सम्बन्ध प्रवद्र्धन गर्न केरुङ आइपुग्ने रेलवेलाई काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार भइदेओस् भनने नेपालको अपेक्षा रहेको सन जियाङ्गुओसमक्ष बताएका थिए ।
‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार हामी रेलवे केरुङ, काठमाडौं, पोखरा र लुम्बिनीसम्म विस्तार गर्न प्रतिबद्ध छौं\', एड्माइरल सन जियाङ्गुओले भेटमा बताएको उल्लेख गर्दै रक्षा मन्त्रालय स्रोतले अन्नपूर्णसँग भन्यो ।
चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड\' रणनीतिअनुसार नेपाललगायत छिमेकी मुलुक, एसिया, युरोप तथा अफ्रिकासम्म रेल, सडक र समुद्रका माध्यमबाट पूर्वाधार विकास गरी आर्थिक उन्नति गर्न चीनले चाहेको उनले बताए ।
‘नेपालमा विस्तार हुने रेलवे वान बेल्ट वान रोड रणनीतिको एक पाटो हुने चिनियाँ अधिकारीको भनाइ थियो\', रक्षासचिव महेश दाहालले अन्नपूर्णसँग भने ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा बेइजिङमा जारी भएको संयुक्त वक्तव्यमा प्रस्तावित रसुवागढी—काठमाडौं तथा काठमाडौं—पोखरा—लुम्बिनी रेलवे परियोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न नेपाली पक्षले आग्रह गरेको उल्लेख गरिएको थियो ।
नेपालले ‘वान बेल्ट वान रोड\' रणनीतिमा सहभागी हुन सन् २०१४ को डिसेम्बरमा चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । ‘वान बेल्ट वान रोड\' रणनीतिअन्तर्गतको ‘रिभाइभल अफ दि सिल्क रोड इकोनोमिक बेल्ट\' मा सहभागी हुनेसम्बन्धी समझदारीपत्रमा तत्कालीन अर्थसचिव सुमनप्रसाद शर्माले बेइजिङमा चिनियाँ पक्षसँग हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री ओलीको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा नेपाल—चीनबीचको सहकार्यमा बन्ने पूर्वाधारहरू ‘वान रोड वान बेल्ट\' अवधारणाको फ्रेमवर्कभित्र रहेर सम्पन्न गर्ने सहमति भएको थियो । नेपाल र चीनबीचका विकास योजना र द्विपक्षीय सहकार्यका कार्यक्रमहरूलाई ‘वान रोड वान बेल्ट\' अवधारणाको फ्रेमवर्कभित्र रहेर अघि बढाउन दुवै देश सहमत भएका थिए ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिगोत्सेसम्म आइपुगेको छिङ्हाई—तिब्बत ‘हाई अल्टिच्युड\' रेलवेलाई सन् २०२० भित्र नेपाल—चीन सीमा क्षेत्र केरुङसम्म विस्तार योजना गत वर्ष सार्वजनिक गरेको थियो ।
चारदिने नेपाल भ्रमणमा रहेका चीनका उच्च सैनिक अधिकारी सन जियाङ्गुओले नेपालको संक्रमणकाल चाँडै टुंगिएर राजनीतिक स्थिरतातर्फ अघि बढेको हेर्न चीनले चाहेको बताए । ‘नेपालमा हुने सत्ता परिवर्तनका कारण हाम्रो नीतिमा फेरबदल आउँदैन । यहाँको शान्ति, स्थायित्व र राजनीतिक स्थिरता हाम्रो चाहना हो\', उनले भने ।
भेटमा उपप्रधानमन्त्री रावलले चीनले नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‌याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । ‘नेपाल र चीनबीचको सम्बन्धमा द्वन्द्व वा कटुता भन्ने कहिल्यै रहेन । हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका आधारमा सुमधुर रूपमा अघि बढेको छ\', मन्त्री रावलले भेटमा भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending