काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। हालै बंगलादेशमा एक हिन्दू युवाको हत्या भएको घटनाको भारतले कडा निन्दा गरेको छ।
नयाँ दिल्लीमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशमा भइरहेका घटनाक्रमलाई भारतले नजिकबाट निगरानी गरिरहेको बताए। उनले दोषीहरूलाई पहिचान गरी न्यायको कठघरामा ल्याइने अपेक्षा भारतको रहेको स्पष्ट पारे।
प्रवक्ता जयसवालले बंगलादेशमा भारतविरोधी झुटा कथाहरू प्रस्तुत गरिएकोप्रति पनि आपत्ति जनाउँदै भारतले त्यस्ता दाबीहरू अस्वीकार गर्ने बताए। कानून व्यवस्था र नागरिकको सुरक्षा सुनिश्चित गर्नु बंगलादेशको अन्तरिम सरकारको दायित्व भएकोमा उनले जोड दिए।
उनका अनुसार अन्तरिम सरकारको कार्यकालमा धार्मिक अल्पसंख्यकविरुद्ध २ हजार ९ सयभन्दा बढी हिंसात्मक घटनाहरू दस्तावेजीकरण भएका छन्। ‘यी घटनाहरूलाई केवल मिडियाको अतिरञ्जना वा राजनीतिक हिंसाको नाममा खारेज गर्न सकिँदैन,’ जयसवालले भने।
यसै क्रममा भारतले बंगलादेशमा लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो समर्थन दोहोर्याएको छ। प्रवक्ता जयसवालले भारत बंगलादेशका जनतासँगको सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध रहेको र देशमा शान्ति तथा स्थिरताको पक्षमा रहेको बताए।
उनले बंगलादेशमा स्वतन्त्र, निष्पक्ष, समावेशी र सहभागितामूलक निर्वाचनको आवश्यकता रहेको उल्लेख गर्दै भारतले यस विषयमा निरन्तर आह्वान गर्दै आएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...
पौष ११ गते, २०८२ - १९:५७
विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...




प्रतिकृया लेख्नुहोस्: