काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्।
मन्त्री गुप्ताले रिक्त सदस्य पदमा क्रिकेट प्रशिक्षक जगत टमाटा, नेपाल रग्बी संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ तथा उद्योग वाणिज्य महासंघको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरेका हुन्। मन्त्रीका स्वकीय सचिव विनोद रिमालले यसबारे जानकारी दिएका छन्।
जगत टमाटा खेल विज्ञ क्लस्टरबाट बोर्ड सदस्यमा नियुक्त भएका हुन्। यस्तै, राष्ट्रिय खेल संघहरूको सिफारिसमा कुमार लामा घिसिङ र सन्तकुमार मेहताले जिम्मेवारी पाएका छन्।
परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी रोजेश खड्कालाई बोर्डमा समेटिएको हो भने प्रयास कार्कीलाई उद्योग वाणिज्य महासंघको सिफारिसमा नियुक्त गरिएको जनाइएको छ।
यसअघि मन्त्री गुप्ताले जेन–जेड (Gen Z) प्रतिनिधिलाई पनि बोर्डमा नियुक्त गर्ने बताएका थिए। तर यसपटक नियुक्त भएका पाँचै जना सदस्य जेन–जेड समूहबाट छैनन्।
हाल बोर्ड सदस्य पदमध्ये एक जना महिला सदस्य भने राष्ट्रिय खेल संघको सिफारिसमा नियुक्त हुन बाँकी रहेको छ। यसअघि छ जना बोर्ड सदस्यको पदावधि समाप्त भएपछि ती पदहरू रिक्त थिए।
नियुक्त भएका पाँचै जनालाई खेलकुद मन्त्री गुप्ताले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: