धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्रामा फर्किने भएका छन्। पाँच महिनाअघि दाम्पत्य, राजनीति र कानुनी विवादले एकअर्काविरुद्ध उभिएका यी दुई नेता शनिबार औपचारिक रूपमा पार्टी एकता गर्दै पुनर्मिलनको घोषणा गर्न लागेका हुन्।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच हुने एकताले श्रीमान्–श्रीमतीको व्यक्तिगत दूरीसँगै राजनीतिक दूरी पनि समाप्त गर्ने संकेत दिएको छ।
पार्टी विभाजन र पुनर्मिलनको केन्द्रमा दाम्पत्य सम्बन्ध नै रहेको राजनीतिक वृत्तको बुझाइ छ। पाँच महिनाअघि पार्टी नेतृत्व, वैधानिकता र अधिकारको विषयले उग्र रूप लिएपछि श्रीमान्–श्रीमती खुलेरै फरक मोर्चामा उत्रिएका थिए। विवाद यति चर्कियो कि एकले अर्कोलाई कारबाही गर्ने अवस्था आयो र सुदूरपश्चिम प्रदेशदेखि केन्द्रसम्म गुटगत राजनीति हाबी भयो।
पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष रञ्जिता श्रेष्ठले विगतको विभाजनलाई ‘पार्टी फुट’ का रूपमा नबुझ्न आग्रह गरेकी छन्। उनका अनुसार रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी त्यागेर होइन, आफ्नो राजनीतिक अस्तित्व जोगाउन बाध्य भएर नयाँ दल गठन गर्न पुगेका थिए।
रेशम–रञ्जिताबीचको दूरी बढ्नुको मुख्य कारण महाधिवेशनपछि उत्पन्न वैधानिकताको विवाद थियो। २०८० पुसमा भएको महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष चयन भए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै वैधानिक अध्यक्षको मान्यता दिएपछि दाम्पत्य सम्बन्ध नै राजनीतिक द्वन्द्वमा तानियो।
यसै विवादका कारण भदौ २९ गते रेशम चौधरी पार्टीबाट अलग भए र कात्तिक २ गते नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरे। श्रीमान्–श्रीमती फरक पार्टी, फरक झण्डा र फरक रणनीतिसहित राजनीतिमा देखिन थाले।
तर पाँच महिनामै परिस्थितिले फेरि मोड लियो। संगठन विस्तारमा देखिएको चुनौती, एउटै विचार बोकेका नेता–कार्यकर्ताहरू छरिन थालेको अवस्था र व्यक्तिगत सम्बन्ध सुधारको वातावरण बनेसँगै रेशम–रञ्जिता पुनः एक ठाउँमा उभिने निष्कर्षमा पुगेका हुन्।
शनिबार हुने एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने, झण्डा र चुनाव चिह्न पनि रेशम चौधरीले दर्ता गराएको पार्टीकै कायम रहने जनाइएको छ। यससँगै रञ्जिता श्रेष्ठले रेशम चौधरीको नेतृत्व स्वीकार गर्ने सहमति भएको बताइएको छ।
श्रीमान्–श्रीमतीको व्यक्तिगत सम्बन्धबाट सुरु भएको विवाद अन्ततः राजनीतिक पुनर्मिलनमा टुंगिन लाग्दा नागरिक उन्मुक्ति पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत यसको प्रभाव र सन्देश चासोका साथ हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: