Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यसरी तीन सय ८५ अभियुक्तले ढाँटेको झुट खोतल्यो पोलिग्राफ मेसिनले

\"polygraph\"काठमाडौं । कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ । प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो । त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए । ‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ ।’ फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो । चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो । जसले घटनाको अनुसन्धानलाई सहज बनायो । तीन सय ८५ जनाले ढाँटेको पुष्टि हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो । ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए । त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन् । त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो । टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । भ्रष्टाचारदेखि हत्यासम्म पोलिग्राफ सबैभन्दा धेरै हत्यासम्बन्धी घटनाको अनुसन्धानमा पोलिग्राफ टेस्ट भएका छन् । हत्यामा पाँच सय आठ, चोरीमा एक सय ८२, बलात्कारमा ३१, ठगीमा २९, लागुऔषध तस्करीमा ६, हत्या प्रयासमा २४ जनामाथि यस्तो टेस्ट भएको छ । दुर्घटनाका घटनामा समेत पोलिग्राफ टेस्ट गरेर विवाद सुल्झिएका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ जनामाथि यस्तो टेस्ट गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending