Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

वैद्य अब के गर्छन ? –यस्ता छन् योजना

\"mohanकाठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादी अध्यक्ष मोहन वैद्य किरणले आफ्नो राजनीतिक जीवनमा सातौँपटक पार्टी फुटको प्रत्यक्ष अनुभूत गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारीको खबर छ– पार्टी पुनर्गठन अभियान पार्टी विभाजनपछि बसेको वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले गाउँस्तरसम्मै पार्टी पुनर्गठन अभियान चलाउने निर्णय गरेको छ । शुक्रबार सकिएको बैठकले विभाजनपछिको क्षतिको वास्तविकता अध्ययन गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने निर्णय लिएको छ । यसका लागि केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा जान वैद्यले निर्देशन दिएका छन् । भन्डाफोर अभियान वैद्यले माओवादी घटकबीचको एकतालाई संशोधनवादीहरूको एकता भन्दै भन्डाफोर अभियान चलाउने निर्णय लिएका छन् । आफूहरूले जनवादी क्रान्तिको कार्यदिशा नछाड्ने र माओवादी घटकबीचको एकता मिलेरावादी प्रवृत्ति भएको भन्दै वैद्यले भन्डाफोर अभियान चलाउन लागेका हुन् । पार्टी केन्द्रका तर्फबाट भन्डाफोर अभियान चलाउन उनी पर्चासमेत तयार गर्दै छन्। राष्ट्रिय भेला गर्ने वैद्यले ५ असारमा पार्टीको राष्ट्रिय भेला बोलाएका छन् । देशभरका अगुवा कार्यकर्ताको भेला गरेर नयाँ परिवेशमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन वैद्यले कार्यकर्ता भेला बोलाएका हुन् । वैद्यका अबका चार विकल्प एक्लै पार्टी चलाइराख्ने सानो संख्यामा भए पनि पार्टी चलाइरहने वैद्यको योजना छ । आफ्नो पार्टी सञ्जाल अझै पनि देशभर रहेको भन्दै उनले नयाँ शिराबाट अगाडि बढाउन सकिने बताएका छन् । केन्द्रका अधिकांश नेता एकता प्रक्रियामा गए पनि जिल्लास्तरमा कार्यकर्ताले नछोडेको उनको निष्कर्ष छ । विप्लवसँग एकता नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकता वैद्यको दोस्रो विकल्प हो । दुई वर्षअघि वैद्यसँग सम्बन्ध–विच्छेद गरेका विप्लवसँग एकता गराउन न्युक्लियर्स केन्द्रका नाममा संगठित हुन खोजेका हेमन्तप्रकाश वलीलगायतले गृहकार्य थालेका छन् । तर, वैद्यले विप्लवसँगको एकता सम्भव नभएको केन्द्रीय समिति बैठकमा बताएका छन् । ‘विप्लवहरूसँग हाम्रो वैचारिक, सैद्धान्तिक विषयमा कुरा मिल्दैन,’ उनको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य हीरामणि दुस्खीले भने, ‘कतिपयले भ्रम फैलाउन खोजेका छन्, विप्लवसँग मिल्छन् भनेर । त्यस्तो हुँदैन, हामी एकल रूपमै पार्टी चलाएर जाने हो ।’ माओवादी केन्द्रसँग एकता माओवादी घटकबीच एकतामा असहमति राखेका वैद्य केही समयपछि आफैँ एकताको पहलमा लाग्न सक्ने नेताहरू बताउाछन् । अहिलेको पार्टी एकताका लागि नेताहरूले अलग रूपमा पहलकदमी लिएको भन्दै वैद्य असन्तुष्ट थिए । माक्र्सवादी चिन्तक भएर बस्ने वैद्य पार्टीमा सक्रिय नभई माक्र्सवादी चिन्तक भएर बस्न सक्ने आशंका पनि छ । तर, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हीरामणि दुस्खी भन्छन्, ‘यस्तो आशंका चरित्र हत्या गर्ने उद्देश्यले मात्र गरिएका हुन्, हामी आफ्नै पार्टी पुनर्गठन गर्ने विकल्प नै रोजेर जानेछौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending