Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यस्तो छ, माओवादी केन्द्रको आगामी कार्यदिशा

\"maoist_yakata\" काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने अन्तरिम कार्यदिशा हुने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारी लेख्छन् – प्रतिवेदनमा भनिएको छ, ‘सामन्ती अवशेषसहित दलाल र नोकरशाही पुँजीपति वर्ग हावी रहेको प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध निरन्तर संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्या समाधान गरी नयाँ जनवादी क्रान्तिकै सारतत्त्व रहेको सामन्तवाद र साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने कार्यदिशा नै तत्कालका लागि पार्टीको राजनीतिक कार्यदिशा हुनेछ ।’ ०७३ भित्रै एकता महाधिवेशन माओवादी केन्द्रले ०७३ भित्रै एकता महाधिवेशन गर्ने नीति बनाएको छ । निश्चित समयभित्र पार्टीका वडा, गाउँ, नगर, जिल्ला, प्रदेश सम्मेलन गर्दै यसै वर्षको अन्त्यसम्म एकता महाधिवेशन गर्ने निर्णय संयुक्त अधिवेशनले गरेको छ । जनवर्गीय संगठनहरूको पनि भेला, सम्मेलन गर्दै एकता प्रक्रियामा लैजाने निर्णय भएको छ । सडक, सदन र सरकारबाट संघर्ष पार्टीको कार्यदिशाका लागि सडक, सदन र सरकारका तीनै मोर्चालाई उपयोग गर्ने नीति माओवादी केन्द्रले बनाएको छ । तयारीका विशिष्ट योजना र ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा लैजाने कार्यनीति पारित भएको छ । उसले सडकलाई मुख्य, सदन एवं सरकारबाट लिइने पहलको भूमिका सहायक र विशिष्ट प्रकृतिको बनाउने नीति छ । ड्ड संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिई राज्यसत्तामा दलाल, नोकरशाही र राजनीतिक रूपले पराजित भई पृष्ठ भागमा धकेलिएको सामन्त वर्गकै हितको सुरक्षा गरेको निष्कर्ष माओवादी केन्द्रको छ । संविधानमा रहेको प्रतिक्रियावादी संसदीय चरित्रविरुद्ध संघर्ष गर्ने नीति तय गरिएको छ । ड्ड देशव्यापी रूपमा पार्टी, जनवर्गीय संगठन, मोर्चाका संगठनका सञ्जाल गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार तथा व्यवस्थित गरी जनताका दैनिक आवश्यकता पूर्ति र उत्पादन कार्यमा सम्लग्न हुँदै स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको उपयोग गर्ने नीति पनि माओवादी केन्द्रले बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending