Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दोलखामा एकहप्ते आवसीय कला कार्यशाला सम्पन्न

\"Artudio_Dolakhaकाठमाडौं । समुदायमा केन्द्रीत रहि कला सिर्जना गर्ने उद्देश्य सहित सातदिने आवासीय कला कार्यशाला सम्पन्न भएको छ । आर्टुडियोको आयोजनामा दोलखाको गैरीमुदीका ७, ८ र ९ बडामा भएको सो कार्यशालामा कलाकार सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी भएका छन् । उनीहरुले समुदायमा सामाजिक सशक्तिकरण र सिर्जनशिल पक्ष कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बहस समेत गरेका थिए । \"Artudio_Dolakha गत वर्षको भूकम्पको त्रासदीमा परेको जिल्ला दोलखामा कलाकारलाई समुदायमा लगेर त्यसको प्रभावसँगै समाजमा कलालाई चिनाउने यसको सिर्जनशिल महत्वलाई बुझाउने अभियानको नेतृत्व युवा कलाकार कैलाश कुमार श्रेष्ठले लिए । उनको पहलमा गतवर्ष देखि नै त्यहाँ समुदायलाई नै कलामा सहभागी बनाइ भूकम्प पीडालाई बिर्सने अभियान सँग जोडे । उनी स्वयम् भूकम्पपीडित कलाकार थिए नै त्यसमा उनले विपद्का बेला पनि साहस बटुलेर भूकम्पको त्रासदीलाई मेटाउने प्रयत्नलाई समुदायसँग जोडे ।\"Artudio_Dolakha उनको त्यो पहलले दोलखा जिल्लालाई कम्युनिटी आर्टको रुपमा अन्तर्राष्ट्रिय रुपमै चिनायो । ‘दोलखा एल्वम’आवासीय कला कार्यशाला बैशाख २१ देखि ३० सम्म दोलखाको गैरिमुदीमा आयोजना गरिएको आवासीय कला कार्यशालाले कलाकारलाई समुदायको बीचमा लैजान र त्यहाँका अन्तरकथालाई बुझ्न महत्वपूर्ण काम ग¥यो । सो कार्यमा सहभागीकलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने विभिन्न सामग्रीलाई कलाका रुपमा प्रस्तुत गरेका थिए । स्थानीय जेष्ठ नागरिक कामुहार आकृति बाँसको सुप्ला । पट्यांगमा बनाएकी थिइन् । सुरेन्द्र महर्जनले परिधि शीर्षकमा बाँसघारीमा आवासको परिकल्पना तिनमा मानिसको दिन दैनिकीलाई प्रस्तुत गरेका थिए । राजनश्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रुपमाप्रयोग गरी स्थानीयका पीडाभित्रका हाँसोलाई कलात्मक रुपमा भिडियोमा उतारेका छन् । त्यस्तै सिने कलाकार अभिमन्यू दीक्षितले सपना शीर्षकमा स्थानीय बासीलाई नै कलाकार बनाएर २० मिनेटको फिल्म बनाएका छन् । \"Artudio_Dolakha स्थानीय स्रोत र साधनलाई परिचालन गरी कलाकारले समुदायका संस्कृति र परिवेशलाई कलात्मक रुपमा प्रस्तुत गर्न सफल भए ।समाजमा त्यस्तो कला जीवन्त रहन्छ जसले समाजको अन्तरकथा, संस्कृति तथा स्थानीयको मनमुटुलाई छुन सक्छ । समाजका यिनै विषयलाई समेटेर कलाकारले कला बनाए जसले स्थानीयलाई कला र कलाप्रति रुचि जाग्न थाल्यो । कलाकारहरुले भूकम्प पश्चात् गैरिमुदीको सांस्कृतिक, भौगोलिक, आर्थिक तथा भावनात्मक लगाएतका सामाजिक परिवेशका बारेमा सोही समुदायमा एक हप्तासम्म बसीकला रचना गरे । आर्टुडियोले भूकम्प पश्चात्को तेस्रो दिनदेखिनै‘हिलिंग थ्रु आर्ट’अभियान मार्फत ्भूकम्प पीडित बालबालिका तथा अन्यलाई कलाको माध्यामद्धारा मानसिक तनाव हटाउने काम समेत गरेको थियो । \"Artudio_Dolakha जुनकला अभियान भूकम्प प्रभावित विभिन्न जिल्ला हुँदै गैरिमुदीमा पनि सञ्चालन भयो र सोही कला अभियान मार्फत समुदायमा परेको सकारात्मक परिवर्तनका कारण आर्टुडियोले सामुदायिक कला केन्द्रको स्थापना गर्ने सम्म काम गरिसकेको यसका संस्थापक कैलाशले बताए । उनले भने, ‘यो केन्द्र स्थापना भएपछि हामीले उक्त स्थानमा अस्थायी टहरा बनाएर स्थानीयहरुलाई कलागतिविधिमा सहभागि गराउँदै आएका छौं ।’ गैरिमुदीमा तयार पारी प्रदर्शन गरिएका ती कलालाई काठमाडौंमा पनि प्रदर्शनी गर्ने तयारी भइरहेको कैलाशले बताए । \"Artudio_Dolakha
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending