Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

खबरडबली संवाददाता

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ।

आफ्ना सैनिकहरूमाथि ज्यान लिने गरी भएको आक्रमणको बदला स्वरूप अमेरिकाले ‘अपरेसन हकाइ स्ट्राइक’ अन्तर्गत मध्य सिरियाका ७० भन्दा बढी स्थानमा भीषण बमबारी गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकौम) का अनुसार यस कारबाहीमा लडाकु विमान, आक्रमणकारी हेलिकप्टर तथा आर्टिलरी प्रयोग गरिएको छ। जोर्डनका विमानहरूले पनि आक्रमणमा साथ दिएका छन्।

गत डिसेम्बर १३ मा पाल्मिरा सहर नजिक आईएसद्वारा गरिएको एम्बुसमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि अमेरिकाले यो कठोर कदम चालेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएसका गढहरूमा अत्यन्त शक्तिशाली प्रहार भइरहेको भन्दै दोषीहरूलाई नछाडिने चेतावनी दिएका छन्।

शुक्रबार साँझबाट सुरु भएको यस अपरेसनमा सयभन्दा बढी अचुक निशाना लगाउने हतियार प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस कारबाहीलाई युद्धको सुरुवात नभई ‘प्रतिशोधको घोषणा’ भएको बताएका छन्। उनले संसारको जुनसुकै कुनामा भए पनि अमेरिकी नागरिकलाई लक्षित गर्ने जो कोहीलाई खोजेर कारबाही गरिने चेतावनी दिएका छन्।

सिरियाली सरकारको समेत समर्थन रहेको दाबी गरिएको यस आक्रमणमा आईएसका महत्त्वपूर्ण पूर्वाधार र हतियार भण्डारलाई निशाना बनाइएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार रक्का र देर एज जोर नजिक भएका आक्रमणमा आईएसका एक प्रमुख नेतासहित धेरै लडाकुहरू मारिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending