बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ ।
अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक कोल्टे फेर्दै चिसो बढाएको हो । आज शनिबार यहाँको न्यूनतम तापक्रम ११ डिग्रीमा झरेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु, पश्चिमी चिसो स्याँठ र दिनभरि घाम नलाग्दा मौसमी तापक्रममा उल्लेख्य गिरावट आएको छ । बिहीबार यहाँको तापक्रम २४ डिग्री सेल्सियस रहेकोमा शुक्रबार एकाएक घटेर २० डिग्रीमा झरेको झरेको थियो ।
बिहानदेखि सिमसिम परेको तुषारोले जाडो अझै बढाएको स्थानीयले बताएका छन् । मटिहानी, जलेश्वर, सम्सी लगायत महोत्तरीका सीमावर्ती क्षेत्रमा चिसोको थप प्रभाव देखिएको छ ।
मङ्सिर–पुस लागेसँगै मधेशमा हरेक वर्ष शीतलहरको प्रकोप देखिँदै आएको छ । गत वर्ष २०८१ साल पुस २४ गतेदेखि तापक्रम घटेको थियो भने यस वर्ष पुस ४ गतेदेखि नै शीतलहरका लक्षण देखिएको छ ।
कठ्याङ्ग्रिने जाडोका कारण सडकमा पैदल यात्रीको संख्या घटेको छ । बिहानैदेखि सवारी चाप रहने पूर्व–पश्चिम राजमार्ग र वीपी राजमार्गमा दिनभरि बत्ती बालेर सवारी साधन गुडिरहेको देखिएको छ । जाडोका कारण सडका गुडने सवारीको संख्या पनि घटेको छ ।
सामान्यतया बिहान ८ बजे खुल्ने बजारका पसलहरू शुक्रबार १० बजेसम्म पनि अधिकांश बन्द देखिएका थिए । मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका डा। राजीव झाका अनुसार शीतलहरको समयमा शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ ।
यस समयमा श्वासप्रश्वासको संक्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने जस्ता समस्या देखिन सक्छन् । हाइपोथरमियाबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न र झोलिलो तथा पोषिलो खानपानमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
शीतलहरको सम्भावित प्रभावलाई ध्यानमा राख्दै स्थानीय तहहरूले तयारी अवस्थामा रहेको जनाएका छन् । बर्दीबास नगरपालिकाका नगरप्रमुख प्रहलाद क्षेत्रीले गत वर्षको तुलनामा यस वर्ष करिब २० दिन अगावै शीतलहर देखिएको बताए।
जाडोको प्रकोप बढेमा सार्वजनिक स्थानमा घुर बाल्ने व्यवस्था, गरिब तथा विपन्न समुदायका लागि न्यानो कपडा वितरणजस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। नगरप्रमुख क्षेत्रीले भने, ‘‘आजबाट शीतलहर सुरु भएको देखिएको छ । प्रकोप बढ्दै गए शीतलहर व्यवस्थापनका लागि हामी तयारी अवस्थामा छौँ ।’’
यसैगरी स्थानीय तहका केही वडाहरूले पनि जाडो अझै बढेमा विपन्न समुदायका लागि दाउरा, कम्बल वितरणको तयारी गरेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: