बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ ।
अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक कोल्टे फेर्दै चिसो बढाएको हो । आज शनिबार यहाँको न्यूनतम तापक्रम ११ डिग्रीमा झरेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु, पश्चिमी चिसो स्याँठ र दिनभरि घाम नलाग्दा मौसमी तापक्रममा उल्लेख्य गिरावट आएको छ । बिहीबार यहाँको तापक्रम २४ डिग्री सेल्सियस रहेकोमा शुक्रबार एकाएक घटेर २० डिग्रीमा झरेको झरेको थियो ।
बिहानदेखि सिमसिम परेको तुषारोले जाडो अझै बढाएको स्थानीयले बताएका छन् । मटिहानी, जलेश्वर, सम्सी लगायत महोत्तरीका सीमावर्ती क्षेत्रमा चिसोको थप प्रभाव देखिएको छ ।
मङ्सिर–पुस लागेसँगै मधेशमा हरेक वर्ष शीतलहरको प्रकोप देखिँदै आएको छ । गत वर्ष २०८१ साल पुस २४ गतेदेखि तापक्रम घटेको थियो भने यस वर्ष पुस ४ गतेदेखि नै शीतलहरका लक्षण देखिएको छ ।
कठ्याङ्ग्रिने जाडोका कारण सडकमा पैदल यात्रीको संख्या घटेको छ । बिहानैदेखि सवारी चाप रहने पूर्व–पश्चिम राजमार्ग र वीपी राजमार्गमा दिनभरि बत्ती बालेर सवारी साधन गुडिरहेको देखिएको छ । जाडोका कारण सडका गुडने सवारीको संख्या पनि घटेको छ ।
सामान्यतया बिहान ८ बजे खुल्ने बजारका पसलहरू शुक्रबार १० बजेसम्म पनि अधिकांश बन्द देखिएका थिए । मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका डा। राजीव झाका अनुसार शीतलहरको समयमा शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ ।
यस समयमा श्वासप्रश्वासको संक्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने जस्ता समस्या देखिन सक्छन् । हाइपोथरमियाबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न र झोलिलो तथा पोषिलो खानपानमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
शीतलहरको सम्भावित प्रभावलाई ध्यानमा राख्दै स्थानीय तहहरूले तयारी अवस्थामा रहेको जनाएका छन् । बर्दीबास नगरपालिकाका नगरप्रमुख प्रहलाद क्षेत्रीले गत वर्षको तुलनामा यस वर्ष करिब २० दिन अगावै शीतलहर देखिएको बताए।
जाडोको प्रकोप बढेमा सार्वजनिक स्थानमा घुर बाल्ने व्यवस्था, गरिब तथा विपन्न समुदायका लागि न्यानो कपडा वितरणजस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। नगरप्रमुख क्षेत्रीले भने, ‘‘आजबाट शीतलहर सुरु भएको देखिएको छ । प्रकोप बढ्दै गए शीतलहर व्यवस्थापनका लागि हामी तयारी अवस्थामा छौँ ।’’
यसैगरी स्थानीय तहका केही वडाहरूले पनि जाडो अझै बढेमा विपन्न समुदायका लागि दाउरा, कम्बल वितरणको तयारी गरेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: