Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रधानमन्त्री ओली सरकार छोड्न तयार !

\"Prachanda-oli\"काठमाडौं । सत्तारुढ एमाले र एमओवादीबीच सरकारकै विषयमा खटपट भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आवश्यक परे आफू सरकारको विकल्प खोज्न पनि तयार रहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार राती अबेरसम्म चलेको बैठकमा ओलीले आफू सहमतिकै पक्षमा रहेको भन्दै विकल्पमा जान पनि तयार रहेको बताएका हुन् । बैठक सुरु गर्दै ओलीले भने, ‘विकल्पका लागि म तयार छु’ हामीले अत्यन्तै अप्ठ्यारो अवस्थामा समझदारी गर्‍यौा जसले देशलाई नयाा संविधान र नयाा सरकार दियो । एउटै गठबन्धनमा बस्दा केही राम्रा काम पनि भएका छन्, केही अप्रिय पनि भए होलान् । अप्रिय अनुभवलाई पाठ मानेर अगाडि बढ्न सकिन्छ । होइन, नयाा विकल्पमै जाने हो भने पनि म त्यसका लागि तयार छु, सकारात्मक रूपमा छलफल गरौ । प्रचण्डले भने, ‘गठबन्धन ठीक थियो, तर अब थप उदार बनौ’ दलहरूबीचको असमझदारीले संविधान नै नबन्ने हो कि भन्ने स्थिति थियो, तर भूकम्पले राष्ट्रिय संकट आएको अवस्थामा हामीले समझदारी गरेका हौ । त्यो समझदारीले प्रतिकूलताबीच पनि संविधान बन्यो र व्यवधानबीच पनि सरकार बन्यो । संविधान बनाउन र सरकार बनाउन भएको सहकार्य ठीक थियो । तर, अब संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, जो स्वाभाविक गतिमा अघि बढ्न सकेको छैन । त्यस्तै, संविधान कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया टुंग्याउने विषयमा हाम्रो गठबन्धन पर्याप्त भएन । त्यसमा सरकारबाहिर रहेको कांग्रेस र संविधानबाहिर रहेको मधेसी मोर्चालाई पनि समेट्नु आवश्यक छ । हामी सागै अघि बढौा, त्यसका लागि तयार बनौ। माधव नेपालले भने, ‘प्रतिकूलता छन्, तर गठबन्धन बचाउनुपर्छ’ देश अप्ठ्यारो अवस्थामा रहेको वेलामा बनेको सरकारले आफूलाई होइन, जनतालाई सुविधा दिनुपर्ने हो । यसमा सरकार असफल भएकै हो । भूकम्पले क्षतविक्षत बनाएका संरचनाका पुनर्निर्माण र पीडितलाई पुनर्वास गराउने विषयमा सरकारी संयन्त्रले गरेको काम सन्तोषजनक छैन । त्यस्तै, सुशासनको अनुभव गर्न पनि जनताले पाएका छैनन् । यसमा सरकारले आफ्ना कमजोरी महसुस गर्नुपर्छ र सुधार गर्दै जानुपर्छ । तर, अहिले गठबन्धनको विकल्प खोज्ने वेला भएको छैन, गठबन्धन बचाउनुपर्छ । प्रचण्डले फेरि भने, ‘कांग्रेसको नयाँ प्रस्ताव आएको छ’ शान्तिप्रक्रियाको काम अझै टुंगिएको छैन । संविधान निर्माण प्रक्रियादेखि नै बाहिर रहेका मधेसीहरूलाई मूलधारमा ल्याउन सकिएको छैन । सीमांकनलगायतका विवाद मिलाएर संघीयता कार्यान्वयन गर्न पनि ढिलाइ भइरहेको छ । त्यस्तै, पुनर्निर्माणको काम स्वाभाविक रूपमा अघि बढ्न नसक्दा जनतालाई मर्का परेको छ । यी सबै काम गर्न अहिलेको गठबन्धन पर्याप्त छैन भन्ने हामीलाई लागेको छ । राष्ट्रिय सहमति बनाएर सबै जटिल विषयलाई सम्बोधन गर्न नेतृत्व तपाईं लिनुस् भनेर कांग्रेसले मलाई भनिसकेको छ । अब हामीले के गर्ने रु साझा निष्कर्ष बनाउन प्रधानमन्त्रीको प्रतिक्रियाको अपेक्षा छ । ओलीले भने, ‘निष्कर्ष तपाईंले दिइसक्नुभयो, अब खाना खाऔ’ निष्कर्ष तपाईंले नै दिइसक्नुभयो, अब खाना खाऔ, बाँकी कुरा भोलि शीर्ष तहमा बसेर कुरा गरौला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending