Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

रवि–बालेन अब ‘एउटै गाडी’मा

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहले बढ्दो धु्रवीकरणबिच वैकल्पिक शक्तिहरूलाई एक ठाउँ ल्याउने पहल तीव्र बनाएका छन् । सोमबार राति अबेरसम्म ६ घण्टा भएको छलफलपछि उनीहरूबिच सहकार्य गर्ने सहमति भएको छ । 

सोमबार बिहान भेटवार्ता गरेका लामिछाने र शाहबिच साँझ पनि रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो । संवादले दुई नेतालाई मिलनको विन्दुमा पुर्‍याएको शाहले बताएका छन् । रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १: ४२ बजे उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

दुई नेताबिच मिलेर जाने सहमति भएको उनले नयाँ पत्रिकालाई बताए । ‘लामो कुराकानी भयो, सामूहिक र एक्ला–एक्लै पनि उहाँहरूले संवाद गर्नुभयो,’ उनले भने, ‘निष्कर्ष मिलेर जाने, एक–अर्कालाई साथ दिने रह्यो ।’त्यसअघि उनीहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो । त्यसअघि पनि रास्वपाको संवाद समिति र मेयर शाहको टिमबिच सहकार्यका लागि पटक–पटक छलफल हुँदै आएको थियो । सोमबारको छलफलमा दुई नेताबीच निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने सहमति पनि भएको स्रोतको भनाइ छ । 

न्यायिक आदेशबाट रिहा भएलगत्तै उनले राजनीतिक भेटघाट र संवादलाई तीव्र बनाएका छन्, जसलाई आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । वैकल्पिक शक्तिहरूबिच सहकार्यका लागि आफू सबै किसिमका त्याग गर्न तयार रहेको सन्देश लामिछानेले सार्वजनिक रूपमै दिइसकेका छन् ।

रास्वपा नेता गणेश कार्कीले नयाँ शक्तिहरू मिल्नुपर्छ भनेर सभापति लामिछाने र मेयर शाहबिच निरन्तर भेट भइरहेको बताए । उनले नेतृत्व तहमै निर्णायक छलफल भइरहेको र सकारात्मक नतिजा आउने अपेक्षा गरे । ‘रास्वपाको संवाद समिति र मेयर शाहको टिमबिच सहकार्यका लागि पटक–पटक छलफल भएको थियो । यसैक्रममा नेतृत्व तहमै निर्णायक छलफल भइरहेको छ, सकारात्मक नतिजा आउने हाम्रो अपेक्षा छ,’ कार्कीले नयाँ पत्रिकासँग भने । 

सोमबार साँझको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन, जेन–जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए । सहकार्यको मोडल र शक्ति बाँडफाँटका विषय टुंग्याउने कसरतमा दुई नेता र उनीहरूको टिमले काम गरिरहेको छ । रास्वपा उपसभापति अर्यालले दुई नेताबिच भएको छलफलको विस्तृत प्रगतिबारे मंगलबार सार्वजनिक गरिने बताए । 

रास्वपा सभापति लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्ला–एक्लै वार्ता गरेका थिए । त्यसपछि लामिछानेले मेयर शाहलाई भेटेका हुन् । लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् । घिसिङ पनि सहकार्यका लागि सकारात्मक रहेको संवादमा रहेका नेताहरूको भनाइ छ । 

वार्ताको समन्वय गरेका जेन–जी अगुवा सुदन गुरुङले दुवै नेता नयाँ शक्तिहरूको एकताका लागि सकारात्मक रहेको बताए । गुरुङले एजेन्डामा दुवै एकैठाउँमा भए पनि शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँट मिल्न बाँकी रहेको बताए । ‘को के बन्ने, कसको भूमिका के हुने र अगाडि कसरी बढ्ने भन्ने टुंग्याउने गरी छलफल अघि बढेको छ,’ उनले भने, ‘सबै ओपन माइन्डेट भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ । अब केही गरेर मिलेन भने अर्काे आन्दोलनको विकल्प छैन । किनभने जेन–जी आन्दोलन संस्थागत गर्नु छ । ’

 यसअघि आइतबार मात्र लामिछानेले नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावनालाई आफूले बुझेको बताएका थिए । ‘विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँ आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना मैले राम्रोसँग बुझेको छु । परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने पार्टी बनोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । 

त्यसअघि उनले शनिबार नयाँ दलहरू मिल्ने सर्तमा आफूले पहिलो त्याग गर्न तयार रहेको बताएका थिए । ‘तपाईंहरूले पनि नयाँ साथीहरू मिल्नुपर्छ भन्नुभएको छ । मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ । मिल्ने भनेको टाउको ठोकेर मित लगाएजस्तो होइन । सिंगो पुस्ताको भविष्यका लागि मिलिरहने हो भने मिलौँ । यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । एउटा चुनावका लागि हो भने–आई एम सरी ।’ 

सोमबारको दुईचरणका छलफलको मध्यस्थता गर्नेमध्येका एक जेन–जी अगुवा सुधन गुरुङले सबै ‘ओपन माइन्डेड’ भएकाले शतप्रतिशत मिल्ने सम्भावना रहेको बताए । ‘सभापति (रवि लामिछाने)जीलाई ‘वैकल्पिक शक्ति सबै मिलेर जानुपर्छ, जनताको जितका लागि एक हुनुपर्छ । मिलेनौँ भने राजनीति अर्कै मोडमा जान्छ’ भनेका छौँ । उहाँ एकदमै पजिटिभ हुनुहुन्छ । ‘ओपन डिस्कर्स गर्नुपर्छ, अति ढिला भयो । आज–भोलि नै कुरा टुंग्याउनुपर्छ’ भन्ने उहाँको चाहना छ,’ उनले भने, ‘मेयरसाप पनि पजिटिभ हुनुहुन्छ । सबै मिलेर जाने बाटो के हो भनेर दुवैजना छलफलमै हुनुहुन्छ । दुवैजनाले ‘जनताको चाहनाविपरीत जान्नौँ’ भन्नुभएको छ । जेन–जीको माग सम्बोधन, सुशासन, राज्य पुनर्संरचना र राजनीतिक हस्तक्षेपबारे कसरी ठोस सहकार्य हुन्छ भनेर छलफल भइरहेको छ । सबै ओपन माइन्डेड भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending