Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नारायणकाजीको संरक्षणमा एमाओवादीमा सुसन आतंक

[caption id=\"attachment_72084\" align=\"alignleft\" width=\"467\"]\"फोटो फोटो : फेसबुकमा अमृत अमृतको वालबाट ।[/caption] काठमाडौं । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई मूल्य, निष्ठा र आदर्शको राजनीति गर्ने पात्रका रुपमा चिनाउँन रुचाउँछन् । आजको साँघु साप्ताहिकमा खबर छ–उनको जीवनशैली जति सामान्य छ, त्यत्तिकै मितव्ययी पनि छ । मितव्ययिता अपनाउन उनले लामो सयमदेखि  पार्टीले उपलब्ध गराएको गाडी थन्क्याएर सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आइरहेका छन् ।तर, आफूलाई मितव्ययी र सादगी ठान्ने यिनै नारायणकाजीलाई लामो समयदेखि सघाउँदै आइरहेकी एकजना पिएले भने नारायणकाजीको नाम भजाएर गलत फाइदा लिइरहेको  भन्दै प्रचण्ड निवास लाजिम्पाटमा खबर पुगेको छ । एमाओवादी स्रोतका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजीकी पिए सुसन कर्माचार्य भने ८० लाखको टेरियस गाडी चढेर आर्थिक उपार्जनको अनेक हर्कत गर्दै आइरहेको आरोप लागेको छ । केही समय अघि नारायणकाजीले फोन गरेर मन्त्रीहरुलाई हैरान पारेको भन्दै आलोचना भएपछि अहिले नारायणकाजीको तर्फबाट सुसनले मन्त्रीहरुलाई फोन गरेर पैसा माग्ने र सरुवा बढुवाको काम गरिदिन दबाब दि ने गुनासो माओवादीमा बढ्न थालेको छ । ‘अहिले एमाओवादीमा नारायणकाजीकी पिए सुसनको आतंक नै छ’ एमाओवादी मन्त्रीका एक पिएले भने, ‘मन्त्रीलाई फोन गरेर पैसा माग्ने र सरुवा बढुवाको लागि उत्तिकै दबाब दिने गरिएको छ ।’ ती पिएका अनुसार सुसनले मन्त्री र पिएहरुलाई तत्काल काम गरिदिनुपर्यो भन्दै दबाब दिने र नगरेमा थर्काउनेसमेत गरेकी छिन् । ‘उपाध्यक्षज्यूको काम हो , जतिसक्दो छिटो गरिदिनुपर्यो’ सुसनलाई उद्यृत गर्दै स्रोतले भन्यो । नारायणकाजीको अघिपछि हिड्ने बाहेक अरु कुनै पेसा र धन्दा नभएकी सुसनले  कसरी ८० लाखके  गाडी चढ्ने हैसियत बनाइन् र अड्किलो जीवनशैली अपनाउने अवस्थामा रातारात कसरी आफूलाई पुर्याइन् ? केही वर्ष अघिसम्म सामान्य जीवनशैली अपनाउँदै आएकी सुसनको जीवनशैली बदलिएपछि धेरैले यस्तो प्रश्न उठाउन थालेका छन् । तर, अरुलाई आदर्शको  पाठ सिकाएर कहिल्यै नथाक्ने नारायणकाजीले सुसनलाई स्वार्थ अनुसारको काम गर्न हौस्यारहेको स्रोतको दाबी छ । ‘नारायणकाजी बाहिर आदर्शको कुरा गर्ने तर भित्रभित्रै पिएलाई प्रयोग गरेर गलत फाइदा उठाइरहेका छन्’ स्रोतले भन्यो । स्रोतका अनुसार सुसनले अध्यक्ष प्रचण्डले अब  गरी नखाने र एमाओवादीमा नारायणकाजी बाहेक योग्य अरु व्यक्ति नै नभएको  भन्दै आफूले भने बमोजिम काम गर्न नमान्नेहरुलाई धम्क्याउँने गरेकी छिन् । सुसनले पार्टीलाई प्रयोग गरेर नाजायज फाइदा लिइरहे पनि नारायणकाजीले भने उनलाई सामान्यभन्दा सामान्य काममा  पनि साथ लिएर जाने गरेका छन् । स्मरणीय छ, केही समय अघि नसाको उपचारको लागि जापान जाँदा पनि काजीले सुसनलाई सँगै लगेका थिए । उनले प्रत्येक विदेश भ्रमणमा सुसनलाई लिएर जाने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending