भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि प्रदेश समितिले क्षेत्र र जिल्लाबाट आएका नाम छनोट नगरी केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम प्राथमिकतासहित सिफारिस गर्न निर्देशन दिएको थियो तर प्रदेश समितिले पार्टीमा योगदान गरेका र चुनाव जित्न सक्ने सम्भावना रहेका उम्मेदवारबारे छुट्टै रायसहित सबै नाम केन्द्रमा पठाएको जनाएको छ ।
कांग्रेसको प्रदेश समितिका अनुसार रुपन्देही–३ बाट बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस भएको छ । त्यस्तै सहमहामन्त्री किशोरसिंह राठौरको नाम बाँके–३ र बर्दिया–२ बाट सिफारिस गरिएको छ । बर्दिया–२ बाट राठौर र आरजु राणासहित नौ जनाको नाम केन्द्रमा पठाइएको छ ।
पश्चिम नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल र रुपन्देही–५ बाट भरत शाहको एकल नाम सिफारिस गरिएको छ तर शाहको नाममा विवाद भएपछि रुपन्देही–५ क्षेत्रीय समितिले युवा विष्णु पोखरेलसहित तीन जनाको नाम छुट्टै केन्द्रमा सिफारिस गरेको छ । गुल्मी–१ बाट भने चन्द्र भण्डारीसहित सात जनाको नाम सिफारिस भएको छ । कांग्रेसले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभातर्फ २६ र राष्ट्रिय सभातर्फ तीन गरी कुल २९ जना उम्मेदवारका लागि २४३ जनाको नाम केन्द्रीय समितिमा पठाएको छ । गुल्मीका दुई निर्वाचन क्षेत्रबाट २१ जना र रुपन्देही–५ बाट तीन जना गरी २४ जनाको नाम छुट्टै रूपमा केन्द्रमा सिफारिस गरिएको छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका १२ मध्ये ११ जिल्लाका उम्मेदवारको सूची केन्द्रमा पठाइएको हो । उनले गुल्मीले तोकिएको समयभित्र सिफारिस गर्न नसकेकाले त्यहाँका उम्मेदवारको नाम केन्द्रमै छुट्टै रूपमा पठाएको बताए।
प्रदेश समितिका अनुसार प्रतिनिधि सभातर्फ १३९, राष्ट्रिय सभातर्फ १०४ र समानुपातिकतर्फ १८६ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरिएको छ । क्षेत्र र जिल्लाले मापदण्ड अनुसार छनोट गर्न नसकेपछि प्रदेश समितिले सूचीमा काँटछाँट नगरी सबै नाम केन्द्रमा पठाएको हो । यद्यपि पार्टीमा उल्लेख्य योगदान दिएका र चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारबारे छुट्टै रायसमेत केन्द्रमा पठाइएको सभापति पुनले जानकारी दिए।
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ २६ निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि गुल्मीबाहेक ११ जिल्लाबाट १३९ जनाको नाम सिफारिस गरिएको छ । गुल्मीबाट क्षेत्र नं। १ बाट सात जना र क्षेत्र नं। २ बाट १४ जनाको नाम छुट्टै सिफारिस गरिएको छ । राष्ट्रिय सभाका लागि तीन सिट मात्र आवश्यक भए पनि १०४ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १८६ जनाको नाम पठाइएको पुनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...




प्रतिकृया लेख्नुहोस्: