Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बोक्सो आरोपमा जिउँदै खाल्डोमा पुरेर मारियो

\"bokso\"काठमाडौं । रसुवा यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख अवधेश विष्टले जानकारी दिए । ‘तुलुलाई पहिलेदेखि मार्ने योजनाअनुसार बोक्सीको आरोप लगाएको पाइयो,’ विष्टले भने । कान्छा शेर्पा थिङका दाजु साङबोलाई अन्यत्र उपचार नहुने गरी बिरामी बनाएको तुलुमाथि आरोप लगाइएको थियो । प्रहरीका अनुसार उनको ४ वैशाखमा नै खाडलमा पुरेर हत्या गरिएको थियो । शव खाडलबाट निकालेर पोस्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरी प्रमुख विष्टले बताए । पक्राउ परेकामाथि कर्तव्य गरी ज्यान मारेको मुद्दा चलाउने तयारी भइरहेको विष्टले जानकारी दिए । गाउँ बोलाएर निर्मम हत्या हत्या गर्ने योजना बनाई गाउँ निकाला गर्नेले नै ललाइफकाइ तुलुलाई पुनस् गाउँ बोलाएका थिए । गाउँ फर्किएपछि ४ वैशाखमा उनको हत्या भएको हो । हत्याअघि उनलाई कान्छा शेर्पा थिङको घरमा बोलाएर रक्सी खुवाइएको थियो । प्रहरीका अनुसार रक्सीले मातिसकेपछि फेरि बोक्सो भन्दै कुटपिट गरिएको थियो । मुखमा आगो लगाएर चरम यातनासमेत दिइएको प्रहरीले जनाएको छ । आगोले पोलेर गम्भीर घाइते उनलाई घिसार्दै पहिला नै तयार गरिएको खाडलमा लगेर फालिएको थियो । जिउँदै रहेका तुलुलाई पहिला ढुँगा र पछि माटो हालेर पुरिएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । पहिला मलमूत्र खुवाएर गाउँ निकाला प्रहरीका अनुसार तुलुलाई बोक्सी आरोपमा गत ५ चैतमै मानव मलमूत्र खुवाएर जुत्ताको माला र मोसो दली हत्या आरोपीले नै गाउँ निकाला गरेका थिए । गाउँ निकाला गरिएपछि उनी रसुवागढी हुँदै केरुङ पुगेका थिए । केरुङमा उनी मजदुरी गरेर बसेका थिए । पछि केरुङबाट गाउँ आए पनि घरमा सम्पर्क नभएकाले आफन्त उनको खोजीमा लागेका थिए । नभेटेपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending