Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

जाजरकोटका औषधि पसलेले नै गर्छन् विरामीको चेक जाँच

\"Nepal_medical_council_397564047-640\"जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेको औषधि पसलहरुमा बिनाअनुमति विरामी जाँच गर्ने गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौ औषधी पसलहरुमा अनाधिकृत रुपमा विरामी जाँच गरी जथाभावी औषधि प्रयोग गर्ने गरेको पाईएको हो । औषधी व्यवस्था विभागसँग अनुमति नलिएरै विक्री वितरण गर्न प्रतिवन्ध लगाएका औषधि समेत खुलेआम विक्री वितरण भईरहेको छ । औषधि पसल सञ्चालककले अधिकार नै नपाएको सुत्केरी सेवा, गर्भवती सेवा, दाँत निकाल्ने सेवा, गर्भपतन सेवा, ईसीजी सेवा समेत सञ्चालन गदै आएका छन् । नियमनकारी निकायको व्यवस्थाका कारण जिल्लाका ग्रामीण भेगका प्रत्येक गाविसमा दुई भन्दा वढी औषधी पसलहरु सञ्चालन गरी जनसाधारणको स्वास्थ्य खेलवाड गदै चर्को रकम असुल्ने गरेको स्थानीयको भनाई छ । औषधि पसलमा आएका विरामीलाई जथाभावी औषधी सेवन गर्न लगाएर सरकारी स्वास्थ्य संस्थाको औषधिले समेत काम गर्न छाडेको चिकित्सकको भनाई छ । गाउँका स्वास्थ्य संस्था भन्दा औषधि पसल सञ्चालकले कडा डोजको औषधि सेवन गर्न लगाएका कारण स्वास्थ्यप्रतिको विश्वासमा कमी ल्याउन औषधि पसल सञ्चालकहरु सफल भएका छन् । जिल्ला सदरमुकाममा मात्र कहिले काही अनुगमन हुने गाउँमा कहिले पनि अनुगमण नहुने भएका कारण औषधि पसल सञ्चालकहरुले जनसाधारणको स्वास्थ्यमा खेलवाड गदै रजाई गर्ने मौका मिलेको स्थानीय वुद्धिजीवीहरु वताउँछन् । जिल्लाको भेरीमालीका नगरपालिका र २६ गाविसमा यस्ता विनाअनुमतिका मेडिकल पसलहरु सञ्चालन भइरहेको छ । जाजरकोटमा औषधि पसलहरु ९० भन्दा वढी सञ्चालनमा छन् । \"medical-shop-farmecy-750\"जिल्लाको, सेपुखोला, सक्ला, कालीमटी, थलह, स्याउलीवजार, नायकवाडा, घाट, मैदे, चौखा, पैक, पाँचकाटिया, खलंगा, रिम्ना, दामाचौर, सिलीगीचौर लगायतका गाउँमा बिनाअनुमतिका औषधि पसल सञ्चालन गरिएपछि स्थानीयले नै जिल्ला जनस्वास्थ्यको ध्यानाकर्षण गराएका छन् । थलह वजारमा एक र सदरमुकाम एक गरी जम्मा दुई वटा मात्र औषधि पसलले कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका छन् । तीन वर्षअघि सदरमुकामका केही औषधि पसलमा मात्र जाँच गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले फागुन मसान्तभित्र जिल्लाका औषधि पसललाई प्रमाण पुरयाएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईले जानकारी दिए । कतियय ठाउँमा सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले नै निजी औषधि पसल सञ्चालन गरेको पाईएको छ । उनीहरुले सरकारी स्वास्थ्य संस्था भन्दा पनि आफ्नो औषधि पसलमा वढी ध्यान दिने गरेको स्थानीयको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending