Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

कांग्रेसमा केन्द्रीय पदाधिकारीको संख्या नबढ्ने

\"Congress_Central-2\" काठमाडौं ।  नेपाली कांग्रेसमा केन्द्रीय पदाधिकारीको संख्या नबढ्ने भएको छ । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकमा पदाधिकारी संख्या नबढाउने प्रस्ताव पेश गरिने भनिए पनि विवाद हुने भएपछि उक्त प्रस्ताव नै पेश नगरिएको हो । आइतबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले पदाधिकारी बढाउने निर्णयले विवाद हुने भन्दै पदाधिकारी संख्या बढाउने प्रस्ताव नै पेश नगर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकको निर्णयअनुसार नै आइतबारको केन्द्रीय समिति वैठकमा पदाधिकारीको संख्या बढाउने प्रस्ताव पेश नगरिएको वैठकमा सहभागी एक नेताले बताए । पदाधिकारी नथपिने भएसँगै कांग्रेसको केन्द्रिय समिति ८५ सदस्यीय नै रहने भएको छ । विधान संशोधनमा ९७ सदस्यीय समिति प्रस्ताव गरिएको थियो । महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम पारित केन्द्रीय समिति बैठकले पार्टीको आसन्न १३ औं महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम पारित गरेको छ । पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको पार्टीको आगामी महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई केन्द्रीय समिति वैठकको सर्वसम्मतिले पास गरेको हो । अञ्चलको सट्टा प्रदेशबाट दुई दुई केन्द्रीय सदस्य उक्त नीति तथा कार्यक्रममा प्रत्येक अञ्चलबाट एक एक जना केन्द्रीय सदस्य रहने ब्यवस्थालाई हटाएर प्रत्येक प्रदेशबाट दुई दुई जना रहने प्रस्ताव गरिएको छ । प्रत्येक अञ्चलबाट १–१ केन्द्रीय सदस्य रहने प्रावधानलाई प्रत्येक प्रदेशबाट २–२ रहने बनाउने व्यवस्थालाई राखिने पौडेलले राखेको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । बैठकले महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि पारित गरेको छ । उक्त प्रस्ताव पनि आगामी महाधिवेशन बैठकमा प्रस्तुत गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending