Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

हठ छाडेर सहमतिमा आउन मधेसी मोर्चालाई प्रम ओलीको आग्रह

\"kp-oli1\"काठमाडौंं  । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न आन्दोलनरत संयुक्त लोकतान्तिक मधेसी मोर्चालाई आह्वान गरेका छन् । इन्टरनेसनल कन्सर्न सेन्टरले आइतबार आयोजना गरेको ‘ नेपाल भारत सम्बन्ध, नयाँ आयम र दायित्व ’ विषयको अन्तरक्रियालाई संबोधन गर्दै उनले असहमतिका विषयलाई आवस्यकताका आधारमा समाधान गरेर अघि बढ्न सकिने बताए । प्रधानमन्त्रीले भने –तराइको समस्या अलि जटिल छ । म मधेसी मोर्चाका साथीहरुलाई भन्छु , आइरोबिनाको जातो घ्वाइँ घ्वाइँ नपारौँ, तात्तै जान्छ, निष्कर्ष केही छैन, त्यस्तो खालको जाँतो नघुमाऔं । सधैं समस्या मात्रै खडा गर्ने हैन, हठ छाडेर असमानता कहाँ छ, समाधान खोजौँ ।’ संविधानले तराईका जनतालाई कुनै विभेद नगरेको बरु विशेष व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि बनाइएको संविधान आवश्यकताका आधारमा परिमार्जन गर्दै जान सकिने बताए । नेपाल–भारतबीच देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउँदै प्रधानमन्त्रीले भने , ‘दुई देशबीच अलिकति असमझदारी थियो, त्यसलाई हटाउन मेरो भ्रमणले मद्दत पुगेको छ, अबको मूल्य र मान्यताका आधारमा सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइनुपर्छ ।’ उनले छिमेकीविरुद्ध कुनै पनि प्रकारको सोच राख्ने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै असल छिमेकी भारत र चीनबाट आर्थिक लाभ लिनसक्नुपर्नेमा जोड दिए। ‘हामी सबै मित्र राष्ट्रसँग बरोबर सम्बन्ध स्थापित गर्न चाहन्छौं । एउटाको भूमि अर्कोलाई प्रयोग गर्न दिँदैनौँ, अब नयाँ आवश्यकतामा जानुपर्छ पछाडि फर्केर हेर्ने हैन, उनले भने । सो अवसरमा नेकपा ९एमाले०का सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको असमझदारी अन्त्य गरी विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुगेको बताए । । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले दुई देशबीचको कूटनीतिक असमझदारीले आएको तिक्ततालाई प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गरेको उल्लेख गर्दै भारतको आधारभूत सम्बन्धमा दखल नपर्ने गरी छिमेकी मुलुक चीनसितको व्यापारिक सम्बन्धलाई अघि बढाइनुपर्नेमा जोड दिए  । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले असहज परिस्थितिमा भएको प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न उपलब्धिमूलक छ भन्दै आपसी शङ्का मेटेर दिगो सम्बन्ध कायम गरिनुपर्ने औल्याए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणले सफल भएको र नेपालमा भारतीय लगानी अभिवृद्धि गर्ने दरिलो वातावरण सिर्जना भएको स्पष्ट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: