Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती घोषणा कार्यान्वयनमा नआउँदा गम्भीर जलनका बिरामी अझै पनि महँगो, अपुग र सीमित उपचार सेवामा निर्भर हुन बाध्य छन्।

गत असार अन्तिम साता काठमाडौंमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु भयो। त्यसयता आत्मदाहका थप केही घटना भए, जसमा दुई जनाले उपचारकै क्रममा ज्यान गुमाए। यी घटनापछि सरकारले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यस्तै प्रतिबद्धता यसअघि पनि पटक–पटक गरिएको थियो। चार वर्षअघि प्रेमराज आचार्यको आत्मदाहपछि, कांग्रेस नेता चन्द्र भण्डारी ग्यास विस्फोटमा गम्भीर घाइते भएपछि तथा पोखरामा बेलुन विस्फोटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल घाइते भएपछि पनि सरकारले अत्याधुनिक जलन अस्पताल बनाउने घोषणा गरेको थियो। तर, ती घोषणा व्यवहारमा रूपान्तरण हुन सकेका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्रमा सातै प्रदेशमा जलन अस्पताल स्थापना गर्ने उल्लेख गरेको थियो। सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची र चालु आर्थिक वर्षको बजेटमा पनि कीर्तिपुर अस्पताल र वीर अस्पतालको जलन उपचार सेवाको क्षमता विस्तार गर्ने योजना समावेश गरिएको छ।

सेवा विस्तार भयो, तर पर्याप्त छैन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हाल देशका सातै प्रदेशका १४ अस्पतालमा जलन उपचार सेवा सञ्चालनमा छ। कीर्तिपुर अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी प्रादेशिक अस्पताल, नारायणी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा प्रादेशिक अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतमा जलन उपचार हुँदै आएको छ।

सरकारले जलनका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँसम्म आर्थिक सहायता दिने व्यवस्था पनि गरेको छ।

जनशक्ति र उपकरणको अभाव

यद्यपि, विशेषज्ञ चिकित्सकहरूका अनुसार सेवा विस्तार भए पनि अधिकांश अस्पतालमा दक्ष जनशक्ति, आधुनिक उपकरण र आवश्यक पूर्वाधारको अभाव छ।

वीर अस्पतालका वर्न प्लास्टिक सर्जन डा. पियुष दाहालका अनुसार प्रदेशमा सञ्चालनमा रहेका अधिकांश जलन एकाइ प्रारम्भिक उपचारसम्म सीमित छन्। गम्भीर जलन भएका बिरामीको प्रभावकारी उपचार गर्न आवश्यक विशेषज्ञ, उपकरण र पूर्वाधार अझै पर्याप्त छैन।

कीर्तिपुर अस्पतालका वर्न प्लास्टिक सर्जन डा. शंकरमान राई पनि भवन निर्माण मात्रै गरेर अत्याधुनिक अस्पताल नबन्ने बताउँछन्। उनका अनुसार गुणस्तरीय सेवा, अत्याधुनिक उपकरण र दक्ष जनशक्ति नै जलन उपचारको मुख्य आधार हुन्।

उनले नेपालमा अहिले शरीरको ४० प्रतिशतसम्म जलेका बिरामीको उपचार सम्भव भए पनि त्यसभन्दा गम्भीर अवस्थाका बिरामीको उपचार अझै चुनौतीपूर्ण रहेको बताए।

महँगो उपचार, सीमित क्षमता

जलन उपचार संसारकै महँगो उपचारमध्ये एक मानिन्छ। डा. राईका अनुसार गम्भीर बिरामीका लागि आवश्यक पर्ने डायलाइसिस उपकरण मात्रै दैनिक करिब ८० हजार रुपैयाँसम्म खर्च हुने गर्छ।

नेपालमा हाल करिब ४० जना मात्रै वर्न प्लास्टिक सर्जन छन्। अधिकांश प्रदेशका अस्पतालमा यस्ता विशेषज्ञको अभाव रहेको चिकित्सकहरूको भनाइ छ। विशेषज्ञ अभावका कारण सामान्य शल्यचिकित्सक र नर्सलाई छोटो अवधिको तालिम दिएर प्रारम्भिक उपचार व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ।

प्रत्येक वर्ष हजारौँ प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ८० हजार व्यक्ति जलनको सिकार हुन्छन्। तीमध्ये करिब २ हजार १०० जनाले ज्यान गुमाउने गरेका छन्।

जलनका घटना दोहोरिरहँदा सरकारले पटक–पटक गरेका घोषणा अब व्यवहारमा कहिले उतार्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। बिरामी र चिकित्सक दुवैको अपेक्षा एउटै छ—घोषणा होइन, अत्याधुनिक जलन उपचार सेवा अब वास्तविकतामा देखियोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending